स्ववियु निर्वाचन समितिको कार्य ठप्प - Naya Online

स्ववियु निर्वाचन समितिको कार्य ठप्प

दमक फालगुन १
अहिले विभिन्न स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा चुनावी माहोल बढिरहदा झापाको दमक क्याम्पसमा भने स्ववियु निर्वाचन समितिले गर्ने सम्पूर्ण काम ठप्प भएको छ । tala 2 Tala 1

समाजवादी विद्यार्थी फोरम, नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) ले विभिन्न मागहरु राख्दै निर्वाचन समितिलाई प्रेस विज्ञप्ति दिदै समितिको ध्यान आक्रिष्ट गराएको छ ।
आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत समितिको कार्यालयमा ताला लगाएको छ । क्याम्पस प्रमुखको कार्यालयमा भने माघ २६ गते नै विप्लप समुहका विद्यार्थी संगठनले ताला लगाएको थियो । मागहरुमा भनिएको छ त्रिवि सिनेट तुरुन्त खारेज गरेर सम्पूर्ण विद्यार्थीहरुको सहभागिता र सहमतिमा निर्वाचन गराउनु पर्ने माग राखेको छ ।
त्रिविले घोषाणा गरेको यो मिश्रित निर्वाचन प्रणालि नभइ पूर्ण समानुपातिक निर्वाचन प्रणालि लागु गरिनु पर्ने र फर्जि विद्यार्थी भर्ना तुरुन्त बन्द गरिनु पर्ने जस्ता माग राखेको छ ।
समाजवादी विद्यार्थी फोरमका दमक बहुमुखी क्याम्पस अध्यक्ष रोशन लिम्बुले भने विद्यार्थीहरुले पाउनु पर्ने हक अधिकारलाई समेत कुन्ठित गरेर गर्न लागिएको यो स्ववियु निर्वाचनले विद्यार्थीहरुको भाव र मर्मलाई फेरि पनि समेट्न नसक्ने बताउनु भयो ।
राप्रवि संगठन दमक बहुमुखी क्याम्पसका अध्यक्ष एलोज सिटौलाका र राप्रवि संगठन नेपाल दमक बहुमुखी क्याम्पसका अध्यक्ष भरत दुलालले भने हाम्रा मागहरुलाई बेवास्ता गरि निर्वाचन प्रक्रिया अगाडि बढाए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा निर्वाचन समिति, क्याम्पस प्रशासन र त्रिविले लिनु पर्ने बताउनु भयो ।
दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराईका अनुसार विद्यार्थी संगठनहरुको आन्दोलनका कारण निर्वाचन समितिले गर्नु पर्ने काममा असहजता आएको हुदाँ केहि दिनलाई संगठन दर्ताको मिति सारिएको र सम्पूर्ण विद्यार्थी संगठनहरुलाई बोलाएर छलफल गरि सहज वातावरण निर्माण गरेर मात्र स्ववियु निर्वाचन प्रक्रियामा जाने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...