भण्डारी र लामालाई मोति र केटो - Naya Online

भण्डारी र लामालाई मोति र केटो

दमक, फागुन १ ।
नेपाल पत्रकार महासंघ झापाले यस वर्षको मोति पत्रकारिता पुरस्कार र केटो पत्रकारिता पुरस्कार अग्रज पत्रकार चन्द्र भण्डारी र सक्रिय पत्रकार डिकेश लामालाई प्रदान गर्ने निर्णय गरेको छ । 16730466_1298450550200982_3803135684206644505_nमहासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । भण्डारीलाई प्रदान गरिने मोति पत्रकारिता पुरस्कारको राशी ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैया रहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।
हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिने छ ।
पुरस्कृत भण्डारी महासंघका संस्थापक महासचिव हुनुहुन्छ भने हाल कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । पत्रकार लामा हाल पूर्व सन्देश दैनिक र सप्तरंगी एफएममा  आबद्ध हुनुहुन्छ ।
त्यस्तै, पत्रकार सहारा उपचार कोषमा ५ लाख रुपैयाँसहित महत्वपूर्ण सहयोग पुर्याउने सहारा नेपाल साकोस, झापाका अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री, नकुल काजी, गञ्जबहादुर दाहाल र अमृतलाल श्रेष्ठलाई समेत विशेष सम्मान गर्ने महासंघले निर्णय गरेको छ ।
त्यस्तै, अधिवेशनलाई लक्षित गरी महासंघले प्रतिवेदनहरुसहित समेटेर प्रकाशन गर्न लागेको पुस्तिका प्रकाशनको संयोजकमा महासंघका सचिव एकराज गिरीलाई चयन गरेको छ ।
अधिवेशनमा पेस गर्न सचिव गिरी र कोषाध्यक्ष प्रेम आचार्यद्वारा तयार पारिएको प्रगति र आर्थिक प्रतिवेदन छलफलसहित बैठकले पारित तथा अनुमोदन गरेको छ । महासंघ झापाले मोति पत्रकारिता पुरस्कार अक्षयकोषको खाता सहारा नेपाल साकोस बिर्तामोड शाखामा खोली १ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय समेत गरेको उपाध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...