झापामा पत्रकार महासंघको निर्वाचन सरगर्मी बढ्यो - Naya Online

झापामा पत्रकार महासंघको निर्वाचन सरगर्मी बढ्यो

  • व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलको उमेद्वार घोषणा
  • चौतारी एक्लै चुनावी मैदानमा

सुसन राई, बिर्तामोड, माघ २९ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका नजिकिँदै गर्दा झापामा चुनावी सरगर्मी बढेको छ । झापामा यस पटक स्वतन्त्रसहित पत्रकारहरुको सात संगठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल’ र एमाले निकट प्रेस चौतारी एक्लैले प्यनल घोषणा गरेर उम्मेद्वारी घोषणा गरेका छन् । झापा लगायत पूर्वाञ्चलका १६ जिल्लामा आगमी फागुन ७ गते निर्वाचन तय भएको छ । yekraj giriपत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान गर्दै व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलले उम्मेद्वारी घोषणा गरेको संयुक्त समावेशी प्यानलको निर्वाचन परिचालन समितिका संयोजक कृष्ण हुमागार्इँलेजानकारी दिनुभयो ।
व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलबाट अध्यक्ष–तारामणि सापकोटा, उपाध्यक्ष–एकराज गिरी, उपाध्यक्ष(महिला)–लीला अनमोल उम्मेदवार रहेका छन् । त्यस्तै सचिव–गिरिराज भट्टराई, सह–सचिव–केशव भट्टराई, सह–सचिव(समावेशी)–इन्द्रजीत मुखिया र कोषध्यक्ष–इश्वर अधिकारी उम्मेदवार रहेका छन् ।
कार्यसमिति सदस्य खुलातर्फ सुरेन्द्र भण्डारी, देबु बानियाँ, डिल्लीराम घोरसाई, लिलाराज झापाली, पार्थ मण्डल, उद्धव पुरी, रञ्जित प्रसाई र उत्तम नेपाल उम्मेदवार रहेका छन् । समावेशी सदस्यमा महिलाः सुष्मा राजवंशी, जनजाति–सेसेहाङ फियाक, दलित–रञ्जित परियार र मधेसी–शन्तोष शर्मा उम्मेदवार रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द क्षेत्री, महासंघका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, केशव आचार्य पत्रकारका विभिन्न संगठनका प्रमुखहरुले महासंघका नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए ।  yekraj sirसमावेशी प्यानलले केन्द्रीय सभाषद्हरुमा गोबिन्दचन्द्र क्षेत्री, चिन्तामणि दाहाल, लोकराज ढकाल, कृष्ण हुमागाई, कमन देवान, डिकेश लामा, दिपिन राई, रमेश समदर्शी राई र पुकारचन्द्रसिंह राजवंशी, केशव आचार्य, भिम नेम्वाङ, बिष्णु सुब्बा, राजेन्द्र गौतम, उमाकान्त खनाल, कृष्ण सिंजाली, लक्ष्मण ढकाल, बिमल लामिछाने, दयाराम दाहाल, टिकाराम उप्रेती, गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शंकरलाई उम्मेदवार बनाएको छ ।
केन्द्रीय सभासद्मै महिलातर्फ इन्दू पुर्वेली, सुशीला संग्रौला, रेजिना रोदन, रुमा राजवंशी र निर्मला तिम्सिना उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रदेश सभाषद्मा लक्ष्मी लुइटेल, दिपेन्द्र कार्की, लक्ष्मी भण्डारी, दिलकुमार लावती, रश्मिेशेखर सुवेदी, विश्व थापा, दोर्ण अधिकारी, कृष्ण दाहाल, बिष्णु कुमार भट्टराई, नगेन्द्रमणि न्यौपाने, बिष्णु रिमाल, केशव धिताल, अर्जुन राजवंशी, दिपक ढकाल, सन्तोष अग्रवाल, रेवतीराज घिमिरे, लेखनाथ परदेशी, कोपिला बस्नेत, वेणुप्रसाद अधिकारी, कृष्ण दाहाल, बिष्णुकुमार भट्टराई, मनिषा गौतम, ओमप्रकाश भट्टराई, राजु पाठक, बेदप्रसाद हुमागाई, होमप्रकास अधिकारी, प्रकास उप्रेती, उर्मिला गौतम, घनश्याम अर्याल, तुलसीप्रसाद निरौला, झुलन रेग्मी, इन्द्रसिंह राजवंशी, उत्तम रिजाल, राजन सामपाङ र अमित खम्बू  उम्मेदवार रहेका छन् ।
संयुक्त समावेशी प्यानलले पत्रकार महासंघको गरिमा र मर्यादालाई उँचो राख्दै साझा, स्वतन्त्र र निश्पक्ष बनाउने, पत्रकार महासंघले पत्रकारको क्षयमता वृद्धिका लागि यस अघि संचालन भएका तालिम लगायतका कार्य तथा योजनालाई निरन्तरता दिने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
त्यस्तै महासंघले स्थापना गरेको नौ लाख रुपैयाँको ‘पत्रकार सहारा उपचार कोष’लाई क्रमशः ५० लाख पुर्याउने,  मोतिराम पत्रकारिता पुरस्कार र केटो पत्रकारिता पुरस्कारको एक लाखको अक्षयकोषलाई पाँचलाख पुर्याउने साथै केटो पत्रकारिता पुरस्कार छापा, रेडियो, टेलिभिजन र अनलाईनमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने र पुरस्कारका लागि छुट्टै कार्यविधि बनाउने घोषणा गरेको छ ।
त्यसैगरी श्रमजिवी ऐन कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने, संचार संस्थाको बिकासका लागि समन्वयत्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
फागुन ७ गते पत्रकार महासंघ झापाको १२औं जिल्ला अधिवेशनसँगै हुने निर्वाचनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल झापा, संघीय प्रेस फोरम नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारसहित ७ संगठनबीच कार्यगत एकता भएको हो । कार्यगत एकता गर्ने संगठनका प्रमुखहरुले संयुक्त समावेशी प्यानलका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराई पत्रकारिता पेशाको गरिमालाई उच्च बनाउन सबै झापाली पत्रकारहरुमा आव्हान गरेका छन् । उनीहरुले संयुक्त प्यानललाई विजयी गराउन आफ्नो संगठनकोतर्फबाट कुनै मूल्य नचुकाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, केन्द्रीय सदस्य विमल लामिछाने,  मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, संघीय प्रेस फोरमका अध्यक्ष देशराज नेम्वाङ, फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया र आदिवासी पत्रकार संघका अध्यक्ष पुकारचन्द्र राजवंशीले संयुक्त प्यानललाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
उक्त अवसरमा क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारीलाई प्रेस सेन्टरको अगुवाईमा पत्रकारहरुले ११ हजार रुपैयाँ सहयोग प्रदान गरे । उक्त सहयोग उनका श्रीमान पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको थियो । उनलाई पत्रकार महासंघ र प्रेस क्लव भद्रपुरको अगुवाईमा यसअघि सहयोग गरिएको थियो ।
अध्यक्षका उम्मेदवार तारामणि सापकोटाले पत्रकार महासंघको बर्तमान नेतृत्वले निर्वाह गरेको भूमिका बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्षका उम्मेदवार एकराज गिरीले गरेका थिए । उक्त अवसरमा पत्रकार महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि लीला अनमोल, उत्तम नेपाल र वीरबहादुर दर्नालले ५÷५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

चौतारी प्यानलमा काफ्लेको नेतृत्व

यसैबीच एमाले निकट प्रेस चौतारी भने गोपाल काफ्लेको नेतृत्वमा उकल प्यानल घोषणा गरेको छ । बिहीबार चौतारी झापाबाट जारी विज्ञप्तिमा उम्मेद्वारी घोषणाको जानकारी गराइएको हो ।
चौतारीबाट उपाध्यक्षमा गोपाल झापाली, महिला उपाध्यक्षमा भीमा शिवाकोटी र सचिवमा सन्तोष आचार्य, सहसचिवमा अर्जुन कार्की, समावेशी सहसचिवमा आत्माराम राजवंशी र कोषाध्यक्षमा यामनाथ बिमली उठ्ने भएका छन् ।  chautari-press-release
कार्य समिति सदस्यहरुमा बिनोद सापकोटा, हिमाल खरेल, युवराज विवश, राम निरौला, रमेश तिवारी, मिना विक, विमर्श उप्रेती, अनिता भेट्वाल, मिलन अधिकारी, लक्ष्मी काफ्ले, किशोर उपरकोटी, आशिष साहले उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यस्तै केन्द्रीय पार्षद्मा तीर्थ सिग्देल, मोहन काजी, माधव विद्रोही, गोपाल गड्तौला, चेतन अधिकारी, मुक्ति पौडेल, राजु अधिकारी, लक्ष्मी उप्रेती, विशाल नेम्बाङ, अनिलदेव राई, मनकुमार गदाल, सुव्रत न्यौपाने,  टिकाराम नेति, अनिल वाग्ले, पुष्प बराल, कृष्ण कार्की, विष्णु पोखरेल, पर्वत पोर्तेल, रोहित काफ्ले छन् ।
महिला केन्द्रीय पार्षदमा अम्बिका भण्डारी, गंगा बराल, टीका लामिछाने,  माया पकुवाल, लक्ष्मी नेपाल, गीता घिमिरे र सावित्रा दाहालको उम्मेदवारी परेको छ ।
चौतारीले प्रदेश पार्षद्मा नेत्र पाठक, हरिचरण बानियाँ, धर्मेन्द्र मामा, कृष्ण मिश्र, मनकुमार खरेल, अर्जुन बस्नेत, प्रदिप परियार, अग्नि कोइराला, गोपीचन्द्र मिश्र, छविलाल दवाडी, राजकुमार ओली, उमानाथ भण्डारी, गीता ढुंगाना, डम्बर बराल, ज्ञानबहादुर विष्ट, पिनाकी कोइराला, छविराज ढकाल, नरेन्द्र ढकाल, रिपेश पुडाशैनी, राजु पौडेल, गोविन्दराज कट्टेल, सागर गौतम, दिपेन्द्र कटुवाल, मैलिन पाठक, मिनप्रकाश उप्रेती, भूपाल लुइटेल, लोकनाथ रिजाल, रमेश क्षेत्री, डम्बर बराल, दिपेन्द्र पौडेल, उमेश राउत, कमला श्रेष्ठ, चन्दना बराल, दिलिप धिमाल, देवीप्रकाश गौतम र विरेन्द्र न्यौपानेलई उम्मेद्वार बनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...