स्ववियु पूर्ण समानुपातिक हुनुपर्छ– किरावि संघ - Naya Online

स्ववियु पूर्ण समानुपातिक हुनुपर्छ– किरावि संघ

इटहरी, माघ २७ ।
किरात राई विद्यार्थी संघ किरात राज्य समितिको ऐतिहासिक प्रथम भेला बिहिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । पूर्वको १६ ओटा जिल्लालाई किरात राज्य समिति मान्दै आएको विद्यार्थी संघले आफ्नो आठौ राष्ट्रिय सम्मेलन पश्चात पहिलो किरात राज्य भेला गरेको हो ।KIRABI
किरात राज्य समितिका इञ्चार्ज रामचन्द्र राईको अध्यक्षतामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष श्री तिलक राई ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार अर्जुन जम्नेलीले भन्नु भयो–आसन्न स्ववियु निर्वाचनमा अहिलेको मिश्रित निर्वाचण प्रणालि नभइ विद्यार्थी भर्ना संख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालि मार्फत चुनाव गराए मात्र सम्पूर्ण विद्यार्थीहरुको भाव र मर्मलाई समेट्न सकिने बताउनु भयो ।
अहिले स्ववियुको चुनाव हुने नहुने भन्नेमा ५०÷५० प्रतिशत सम्भावना भएको अवस्थामा उत्पिडित विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न नसके फेरि पनि स्ववियु चुनावको सम्भावना न्यून बन्दै गएको बताउनु भयो । कार्यक्रममा किरात राई विद्यार्थी संघको संस्थापक सदस्य भिम राई, पूर्व अध्यक्ष भोगिराज राई, पूर्व उपाध्यक्ष देवान किराती, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति सुनसरि अध्यक्ष राम कुमार राई, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समिति सदस्य यलमहाङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव सुसन राईको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...