'पहिचान विनाको संघीयता हुँदैन' - Naya Online

‘पहिचान विनाको संघीयता हुँदैन’

दमक, माघ ।
पहिचान विनाको संघियता हालसम्म कहीँ पनि नभएको र विना पहिचानको संघीयता स्वीकार नहुने संघीय साजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान प्रादेश राज्य समितिका अध्यक्ष आरसी तुम्बाले बताउनुभएको छ ।  Pgrm

समाजवादी फोरम, झापा क्षेत्र नम्बर ७ को दमकमा बिहीबार सम्पन्न प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता तुम्बाले छिमेकी राष्ट्र भारतमा समेत बंगाल, पञ्जाव लगायतका धेरै राज्यहरु पहिचानको आधारमै बनेको जिकिर गर्नुभयो । पहिचान सहितको संघीयता, पूर्ण समानुपातिक र समावेशी मुद्दामा पार्टी निरन्तर लागि परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्का वक्ता एवम् लिम्बुवान प्रदेशका उपाध्यक्ष विश्वदीप लिङ्देनले संविधान संशोधनका नाउँमा उत्पीडितका अधिकार समावेश नगरिए मुलुकमा द्वन्द्व समाप्त नहुने जिकिर गर्नुभयो । ससफो नेपाल लिम्बुवान प्रदेश मुख्य सचिव लोकसागर साम्बाले राष्ट्रियता नामको बोतलमा एमालेले विष भरेर जनतालाई पिलाइरहेको अरोप लगाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले जातीय विखण्डनलाई प्रश्रय दिइरहेको साम्बाले दावी गर्नुभयो । Oath1कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ्ग, संघीय प्रेस फोरम नेपालका उपमहासचिव कमन देवान, पार्टी झापा क्षेत्र नम्बर ७ का इन्चार्ज दिपेनबाला राई, समाजवादी विधार्थी फोरमका केन्द्रिय सदस्य गुमानसिंह लिङ्देन, समाजवादी युवा फोरमका लिम्बुवान प्रदेश अध्यक्ष सुशील राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्षेत्रीय संयोजक ज्ञानेन्द्र कुरुम्भङको सभापतित्वमा भएको खुल्ला सत्रले पार्टीको युवा, महिला र क्षेत्रको विगठन गरी नयाँ समिति समेत गठन गरेको छ । क्षेत्रीय अधिवेशनले पार्टीतर्फ कुरुम्भङको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः विवेक राई, दिवाकर राई, विराट किराती र रञ्जना सम्बाहाम्फे चयन भएका छन् भने अन्य सदस्य रहेका छन् । Oath 2त्यस्तै महिलातर्फ पूर्णकुमारी जबेगूको अध्यक्षतामा ९ सदस्यीय संघीय समाजवादी महिला फोरम गठन भएको छ । समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः रत्ना राई, फूलकुमारी आङ्देम्बे, सावित्रा राई र प्रतिमा लिम्बू चयन भए भने अन्य सदस्य रहेका छन् ।
समाजवादी युवातर्फ गंगा राईको अध्यक्षतामा १९ सदस्यीय क्षेत्रीय समिति गठन भएको हो । समितिका सदस्यहरुमा रुद्र बराइली, रामजी भट्टराई, दिलबहादुर लकान्द्री, रुपेश कोइराला, किरण योङहाङ, रविन्द्र लाओती लगायत चयन भएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...