'पहिचान विनाको संघीयता हुँदैन' - Naya Online

‘पहिचान विनाको संघीयता हुँदैन’

दमक, माघ ।
पहिचान विनाको संघियता हालसम्म कहीँ पनि नभएको र विना पहिचानको संघीयता स्वीकार नहुने संघीय साजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान प्रादेश राज्य समितिका अध्यक्ष आरसी तुम्बाले बताउनुभएको छ ।  Pgrm

समाजवादी फोरम, झापा क्षेत्र नम्बर ७ को दमकमा बिहीबार सम्पन्न प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता तुम्बाले छिमेकी राष्ट्र भारतमा समेत बंगाल, पञ्जाव लगायतका धेरै राज्यहरु पहिचानको आधारमै बनेको जिकिर गर्नुभयो । पहिचान सहितको संघीयता, पूर्ण समानुपातिक र समावेशी मुद्दामा पार्टी निरन्तर लागि परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्का वक्ता एवम् लिम्बुवान प्रदेशका उपाध्यक्ष विश्वदीप लिङ्देनले संविधान संशोधनका नाउँमा उत्पीडितका अधिकार समावेश नगरिए मुलुकमा द्वन्द्व समाप्त नहुने जिकिर गर्नुभयो । ससफो नेपाल लिम्बुवान प्रदेश मुख्य सचिव लोकसागर साम्बाले राष्ट्रियता नामको बोतलमा एमालेले विष भरेर जनतालाई पिलाइरहेको अरोप लगाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले जातीय विखण्डनलाई प्रश्रय दिइरहेको साम्बाले दावी गर्नुभयो । Oath1कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ्ग, संघीय प्रेस फोरम नेपालका उपमहासचिव कमन देवान, पार्टी झापा क्षेत्र नम्बर ७ का इन्चार्ज दिपेनबाला राई, समाजवादी विधार्थी फोरमका केन्द्रिय सदस्य गुमानसिंह लिङ्देन, समाजवादी युवा फोरमका लिम्बुवान प्रदेश अध्यक्ष सुशील राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्षेत्रीय संयोजक ज्ञानेन्द्र कुरुम्भङको सभापतित्वमा भएको खुल्ला सत्रले पार्टीको युवा, महिला र क्षेत्रको विगठन गरी नयाँ समिति समेत गठन गरेको छ । क्षेत्रीय अधिवेशनले पार्टीतर्फ कुरुम्भङको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः विवेक राई, दिवाकर राई, विराट किराती र रञ्जना सम्बाहाम्फे चयन भएका छन् भने अन्य सदस्य रहेका छन् । Oath 2त्यस्तै महिलातर्फ पूर्णकुमारी जबेगूको अध्यक्षतामा ९ सदस्यीय संघीय समाजवादी महिला फोरम गठन भएको छ । समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः रत्ना राई, फूलकुमारी आङ्देम्बे, सावित्रा राई र प्रतिमा लिम्बू चयन भए भने अन्य सदस्य रहेका छन् ।
समाजवादी युवातर्फ गंगा राईको अध्यक्षतामा १९ सदस्यीय क्षेत्रीय समिति गठन भएको हो । समितिका सदस्यहरुमा रुद्र बराइली, रामजी भट्टराई, दिलबहादुर लकान्द्री, रुपेश कोइराला, किरण योङहाङ, रविन्द्र लाओती लगायत चयन भएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...