पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन - Naya Online

पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन

काठमाडौं, माघ २६ ।
पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका विभिन्न आठ वटा विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले बुधबारबाट स्ववियु निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालबान्दी सुरु गरेको छ । Bigyapti (2)
समाजवादी विद्यार्थी फोरम, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले हाल त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी नभएको भन्दै रोक्न माग गर्दै आएको छ ।
स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा त्रिविले छलफल गर्न नचाहेको भन्दै तालाबन्दीमा उत्रनुपरेको समाजवादी विद्यार्थी फोरमका उपाध्यक्ष सुवास लाबुङले जानकारी दिनुभयो ।
बुधबार झापाका मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायत  क्याम्पसहरुमा तालाबन्दी गरिएको हो । विद्यार्थी गठबन्धनले मंगलबार घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार बुधबार झापाका क्याम्पसहरुमा विप्लव निकट क्रान्तिकारीले तालाबन्दी गरेको बताइएको छ । त्यस्तै बुधबार नै पोखराको पृथ्वीनारायण क्याम्पस, राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलगायतमा समाजवादी विद्यार्थी फोरमका विद्यार्थी नेताहरुले तालाबन्दी गरेका हुन् ।
पूर्ण स्ववियु निर्वाचन प्रणालीको माग सम्बोधन गराउन क्याम्पस प्रमुखहरुको कार्यकक्षमा र निर्वाचनका लागि सचिवालय बनेसकेका क्याम्पसहरुमा निर्वाचन सचिवालय कार्यालयमा समेत तालाबन्दी गरिएको विद्यार्थी गठबन्धनले जनाएको छ । माग पूरा नभए माघ २९ गतेदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने गठबन्धनको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...