पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन - Naya Online

पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन

काठमाडौं, माघ २६ ।
पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका विभिन्न आठ वटा विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले बुधबारबाट स्ववियु निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालबान्दी सुरु गरेको छ । Bigyapti (2)
समाजवादी विद्यार्थी फोरम, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले हाल त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी नभएको भन्दै रोक्न माग गर्दै आएको छ ।
स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा त्रिविले छलफल गर्न नचाहेको भन्दै तालाबन्दीमा उत्रनुपरेको समाजवादी विद्यार्थी फोरमका उपाध्यक्ष सुवास लाबुङले जानकारी दिनुभयो ।
बुधबार झापाका मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायत  क्याम्पसहरुमा तालाबन्दी गरिएको हो । विद्यार्थी गठबन्धनले मंगलबार घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार बुधबार झापाका क्याम्पसहरुमा विप्लव निकट क्रान्तिकारीले तालाबन्दी गरेको बताइएको छ । त्यस्तै बुधबार नै पोखराको पृथ्वीनारायण क्याम्पस, राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलगायतमा समाजवादी विद्यार्थी फोरमका विद्यार्थी नेताहरुले तालाबन्दी गरेका हुन् ।
पूर्ण स्ववियु निर्वाचन प्रणालीको माग सम्बोधन गराउन क्याम्पस प्रमुखहरुको कार्यकक्षमा र निर्वाचनका लागि सचिवालय बनेसकेका क्याम्पसहरुमा निर्वाचन सचिवालय कार्यालयमा समेत तालाबन्दी गरिएको विद्यार्थी गठबन्धनले जनाएको छ । माग पूरा नभए माघ २९ गतेदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने गठबन्धनको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...