नदीजन्य सामग्री उत्खनन्को समस्या समाधान गर्न पहल - Naya Online

नदीजन्य सामग्री उत्खनन्को समस्या समाधान गर्न पहल

बिर्तामोड, माघ २५।
झापाको शनिअर्जुन, खुदुनाबारी र बुधबारेको मध्य भाग भएर बग्ने बिरिङ नदीबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन गर्ने सम्बन्धमा उत्पन्न समस्या दीगो रूपमा समाधान गर्न सबै सरोकारवाला तयार भएका छन् । Sambad Chalfalझापाको बिर्तामोडमा संवाद समूहको समन्वयमा मंगलवार भएको झापाका राजनीतिक दलसहित सरोकारवालाहरु लामोसमयदेखिको उक्त समस्या समाधान गर्न तयार भएका हुन् । छलफलमा समस्याको दीगो समाधान गर्न झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लाका सबै राजनीतिक दल, जिविस, स्थानीय सरोकारवाला सबैको सहभागितामा संवाद गरी निष्कर्ष निकाल्ने निर्णय भएको हो ।
छलफलमा सहभागीले जिल्ला प्राविधिक समितिको प्रतिवेदन तथा अनुगमनका आधारमा जिल्ला अनुगमन तथा समन्वय समिति झापाको गत माघ १८ गतेको ११ बुँदे निर्णय कार्यान्वयनमा जोड दिए । त्यस्तै नदीका दुबै तर्फका सबै पैनीका मुहान संरक्षण गर्ने, मुहान विग्रिएका पैनीको समस्या समाधान गर्ने साझा धारणा समेत तय भएको छ । त्यस्तै मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् गर्न नदिने यदि त्यसो पाइएमा दोषीलाई तत्काल कार्वाही गर्नुपर्ने, उत्खनन् कार्य बन्द हुने असार, साउन र भदौमा नदीबाट ढुंगा लगायत कुनै पनि सामग्री उठाउन नपाइने तर त्यस्तो भएको पाइएमा अनुगमन र कार्वाही गर्ने साझा धारणा समेत सहभागीले तय गरेका छन् ।
नदीजन्य सामग्री उत्खनन्को समस्या समाधान भएपछि पनि कुनै असमझदारी वा समस्या उत्पन्न भए संवादकै माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता समेत सरोकारवालाहरुले व्यक्त गरेका छन् ।
छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी केन्द्रका इञ्चार्ज झलकसिंह दर्लामी मगर सन्देश, मणिकुमार साम्पाङ विजय, स्थानीय शान्ति समिति संयोजक जयबहादुर श्रेष्ठ, सद्भावना पार्टी अध्यक्ष सूर्यनारायण गणेश, सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला, स्थानीय विकास अधिकारी खेमराज ओझा, व्यवसायीका प्रतिनिधि प्रवीण पोखरेलले उक्त समस्यालाई गम्भीर रुपमा लिएको जनाउँदै सहज निकासका लागि आ–आफ्नो ठाउँबाट गम्भीर रुपमा पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै विरीङ जलाधार संरक्षण समितिका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटी, सूचना संयोजक दिपीन राई, विभिन्न ब्लक तथा पैनीका प्रतिनिधिहरु सेवन्त ढकाल, नेत्रप्रसाद गौतम, विष्णुप्रसाद रिजाल, पहलमान बराल, शम्भुप्रसाद ढुंगाना, ठाकुरप्रसाद खतिवडा लगायतले आफूहरु विकास विरोधी नरहेको बताउँदै स्थानीयवासीको भावना र उत्पन्न समस्यालाई सहज रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले संवादकै माध्यमबाट समस्या हल हुने विश्वास समेत व्यक्त गरे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...