स्थानीय चुनाव हुँदैन : काङ्माङ - Naya Online

स्थानीय चुनाव हुँदैन : काङ्माङ

 राजकुमार याक्खा
माघ २२, संखुवासभा ।
संघीय समाजवादी फोरम नेपालका सचिव अजम्बर राई काङ्माङले तत्कालै स्थानीय तहको निर्वाचन नहुने बताउनुभएको छ ।  Ajambar
ससफो नेपालको संखुवासभा जिल्लास्थित पाथीभरामा शनिबार सम्पन्न इलाका स्तरीय जनसभालाई प्रमुख वक्ताका हैसियतले सम्बोधन गर्दै सचिव काङमाङले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनमा आवश्यक सुधार गरेर प्रदेशलगायत समानुपातिक समावेशीताको सुनिश्चिततापछि संसदीय चुनाव हुने जिकिर गर्नुभयो ।
‘अहिलेकै स्थितिमा प्रदेशको विषय टुङ्गो नलागी स्थानीय तहको निर्वाचन सम्भव छैन । राजनीतिक सहमतिका आधारमा संविधान संशोधनपछि संसदीय निर्वाचन हुनसक्छ ।’
ससफो नेपालका राजनीति समिति सदस्य आङ्काजी शेर्पाले आदिवासी जनजाति, महिला, मधेसी, शिल्पी (दलित) र  पीछडा वर्गका समुदायलाई ठूला दलका नेताहरुले हतियारको रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभयो । सभालाई सम्बोधन गर्दै शेर्पाले भन्नुभयो –‘बिगतका सबै खाले भ्रमहरुबाट मुक्त भएर हामी अब आफ्ना अधिकारका लागि आफै लड्छौं ।’ उहाँले संघीय समाजवादी फोरमले हिमालदेखि तराई मधेस र मेचीदेखि महाकालीसम्मका उत्पीडित जनसमुदायको भावना बोकेर राष्ट्रिय राजनीतिक नेतृत्व प्रदा गर्ने जिकिर गर्नुभयो ।
सभामा बोल्दै ससफोका केन्द्रीय सदस्य एवम् संखुवासभा जिल्ला इन्चार्ज दीपककुमार याक्खाले उत्पीडित जाति, वर्ग, समुदायले राजनीतिक र पहिचानको अधिकार नपाएसम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो । संखुवासभा जिल्ला अध्यक्ष कवान सेन राईले संविधान संशोधन नभएसम्म स्थानीय चुनाव हुन नदिने दावी गर्नुभयो ।
सभामा विभिन्न दल त्यागेर ४० भन्दा बढी मानिसहरु संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका फोरम पाथीभरा अध्यक्ष डिल्लीकुमार राईले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...