पत्रकार महासंघ झापामा ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ घोषणा - Naya Online

पत्रकार महासंघ झापामा ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ घोषणा

बिर्तामोड, माघ २४ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँच वटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् ।
फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच  संगठनबीच कार्यगत एकता गरी ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ निर्माण गर्ने सहमति भएको आज सोमबार जारी संयुक्त विज्ञप्ति मार्फत् जनाइएको छ ।  bigyaptiनेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा र आदिवासी पत्रकार संघ झापाका अध्यक्ष पुकार राजवंशीले ती संगठनहरुवीच कार्यगत एकता गर्ने सहमति गर्दै हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र पत्रकारहरुको समूहले समेत उक्त वृहत प्यानलसंग कार्यगत एकता गरेको छ । उक्त पाँच वाहेक बाँकी रहेका पत्रकारका दुई संगठन प्रेस चौतारी र फोनिजलाई पनि कार्यगत एकताका लागि आह्वान गरिएको छ ।
ती दुई संगठनबीच पनि कार्यगत एकता भए झापामा यो पटक महासंघको नेतृत्व सर्वसम्मत चयन हुने प्रेस युनियन झापाका कृष्ण हुमागाईंले बताए ।
तीन वर्षअघि प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारको प्यानलमा यस वर्ष मिडिया नेपाल र संघीय प्रेस फोरम समेत समावेश भई बृहत एकता कायम भएको हो ।  सवै संगठनले उक्त प्यानलबाट उठाउने अधिकांश उमेद्वारको नाम टुंगो  लगाइसकेको र एक÷दुई दिनमै नाम घोषणा गरिने बताइएको छ ।
तीन वर्षअघि निर्वाचित उक्त संयुक्त प्यानलको नेतृत्वले महासंघ झापा शाखामा रहेर पत्रकारको हितमा काम गर्दै पत्रकार महासंघको गरिमा र मर्यादा उच्च राख्न निर्वाह गरेको भूमिका सबै झापाली पत्रकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ ।
तीन वर्षअघि गरिएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिंदै थप उन्नत र नविनतम् कार्यका लागि बृहत संयुक्त प्यानल बनाइएको प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेती बताउँछन् ।
पत्रकार महासंघलाई साझा र समावेशी मात्र होइन, व्यवसायिक पत्रकारको क्षमता वृद्धि, पत्रकारको सुरक्षा प्रत्याभूति, श्रमजीवि ऐनको कार्यान्वयन, झापाका सञ्चार संस्थाको विकासमा सहकार्य गर्ने उद्देश्यले संयुक्त प्यानल निर्माण गरिएको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...