पूर्ण समानुपातिक स्ववियु माग गर्दै ज्ञापन - Naya Online

पूर्ण समानुपातिक स्ववियु माग गर्दै ज्ञापन

दमक, २० माघ ।
संघीय समाजवादी फोरम, नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम, नेपालले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्ने मागसहित देशभरका क्याम्पस प्रशासनहरुमा ज्ञापनपत्र बुझाउन सुरु गरेको छ ।

पूर्ण समानुपातिक स्ववियु निर्वाचनको मागसहित दमक क्याम्पसमा ज्ञापनपत्र बुझाउँदै समाजवादी विद्यार्थी फोरमका नेताहरु ।
पूर्ण समानुपातिक स्ववियु निर्वाचनको मागसहित दमक क्याम्पसमा ज्ञापनपत्र बुझाउँदै समाजवादी विद्यार्थी फोरमका नेताहरु ।

संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत स्ववियु निर्वाचन हुने देशभरका विभिन्न क्याम्पसहरुमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर मात्रै निर्वाचन गर्न दबाव दिँदै ज्ञापनपत्र बुझाउन थालिएको समाजवादी विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष सुवास लाबुङले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत बिहीबार झापाको दमक बहुमुखी क्याम्पस, मोरङको उर्लाबारी बहुमुखी क्याम्पस, भोजपुरको भोजपुर बहुमुखी क्याम्पस, सुनसरीको महेन्द्र बहुमुखी क्याम्पस लगायतमा ज्ञापनपत्र बुझाइएको संगठनका उपमहासचिव विशाल आङ्देम्बेले बताउनुभयो ।
विद्यार्थी फोरमले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि कडा आन्दोलन गर्ने निर्णय गरिसकेको छ । शुक्रबारसम्ममा लिम्बुवान लगायत अधिकांश प्रदेशअन्तर्गतका क्याम्पसहरुमा ज्ञापनपत्र बुझाइने संगठनले जनाएको छ ।
यसैबीच बिहीबार नै समाजवादी विद्यार्थी फोरमलगायत वैद्य माओवादी निकट अखिल क्रान्तिकारी विप्लव माओवादी निकट विद्यार्थी संगठनलगायतबीच पूर्ण स्ववियु निर्वाचनका लागि संयुक्त आन्दोलन गर्ने तय भएको छ । शुक्रबार नै त्रिभुवन विश्वविद्यालयमा पुनः ज्ञापनपत्र बुझाइने निर्णय भएको उपाध्यक्ष लाबुङले बताउनुभयो ।
स्ववियु निर्वाचन तयारीका लागि जिल्लास्तरीय अभियानसमेत सञ्चालनको तयारी भइरहेको विद्यार्थी फोरमले जानाएको छ ।
बिहीबार विभिन्न क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने क्रममा संगठनका केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाम्फे, लिम्बुवान प्रदेशका सहसंयोजक सन्तोष कुरुम्बाङ, लिम्बुवान प्रदेश सदस्य सुसन राई, मोरङ अध्यक्ष मिलन देवान, दमक बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष रोशन सम्बाहाम्फे र सचिव युवराज ओली लगायत सहभागी हुनुहुन्थ्यो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...