भगवति राई
१२ माघ, खाँदबारी । “हप्तामा दुईपटक हटिया लाग्छ, प्रत्येक हाटमा ५० देखि १०० सम्म कर तिर्दा महिनामा करिब हजार जति त तिर्दैमा जान्छ ।” संखुवासभाको सदरमुकाम खाँदबारीस्थीत टुडिखेलको हटियामा तरकारी र चटपटे व्यावसाय गर्दै आएकी बन्दना शाहले गुनासो पोखिन् ।
हप्तामा दुईपटक हाट लाग्ने खाँदबारीमा बन्दनाले बुधबार तरकारी र शनिबार चटपटे बेच्दै आएकी छिन् । शनिबार ठूलो हटिया लाग्ने भएकोले १०० र बुधबार ५० रूपैया कर तिर्दा कमाईको आधाभन्दा बढि करमै जाने उनको गुनासो थियो । “सानै व्यापार भएपनि जीवन निर्वाह गर्न भने सकेकोले व्यापारमा भने सन्तोष नै छु ।” बन्दनाले थपिन् ।
शनिबार भाडाकुडा र बुधबार तरकारी व्यापार गर्दै आएका तुलसी श्रेष्ठको पनि बन्दनाको जस्तै गुनासो रहेको थियो । प्रायः यहाँका व्यापारीहरूले दुई हटियामा फरक फरक व्यापार गर्दै आएको पनि रिपोर्टिङका क्रममा पाइयो ।
बजार भर्न आउने सर्वसाधारणहरूले हाट व्यवस्थित नभएको बताएका छन् । जताततै फोहोर र सागसब्जी पनि बासी पाइने भएकोले नगरपालिकाले ध्यान पु¥याउनुपर्ने उनीहरूको जिकिर थियो ।
प्रशिक्षार्थी पत्रकार
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।