रविन राई/निर्मला राई
माघ १२, खाँदबारी । जिल्ला विकास समिति संखुवासभाले आर्थिक वर्ष २०७३/७४मा आफ्नो भवन निर्माणका लागि २ करोड ८० लाख विनियोजन गर्ने भएको छ । जिविसका कार्यक्रम अधिकृत सुवासचन्द्र कुइकेलसँगको भेटवार्तामा सो जानकारी दिएका हुन् । भवन आगामी वर्ष पूर्ण रूपमा सम्पन्न हुने पनि कुइकेलले बताए ।
जिल्लाले आगामी मंसिरभित्र नगरपालिकामा ८० प्रतिशत खानेपानी पु-याउने भएको छ । त्यसैगरी आगामी फागुन १९ गते जिल्ला परिषद हुने भएको छ ।
संखुवासभाको जिल्ला विकास समिति कार्यलयमा ६० जना कर्मचारी कार्यरत छन् ।
प्रशिक्षार्थी पत्रकार
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।