अल्ट्रा धाविका मिरा राईलाई २८ लाख - Naya Online

अल्ट्रा धाविका मिरा राईलाई २८ लाख

 पुष २१, दमक ।
अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ ।
अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन योगदान गरेको भन्दै मिरालाई बेलायतमा कार्यरत विभिन्न आधा दर्जन संघसंस्थाले संयुक्त रुपमा नगदसहित सम्मान गरेको हो ।  Mira Rai Sammanदमक रेडक्रस भवनमा एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले राईलाई २८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । विष्टले खेल क्षेत्रको विकासका लागि विद्यालयबाटै खेलकुदको विकासमा लाग्नुपर्ने जिकिर गर्नुभयो ।
बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङ्गको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनको सहयोगमा सो पुरस्कार रकम उपलब्ध गराएका हुन् ।
धाविक मिरा राईले भने खेल क्षेत्रको विकासका लागि सरकारले प्रयत्न गर्नुपर्ने बताउनुभयो । त्यसैगरि सोही कार्यक्रममा मिरालाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई समेत नगद दुई लाख तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
एसियामा रेकर्ड सहित प्रथम हुँदै इटालीमा ५७ र ८० किलोमिटरमा प्रथम र मोन्ट–ब्लान्क फ्रान्समा रेकर्ड सहित ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियनको उपाधि चुम्दै मिराले स्पेनमा भएको एक सय १० किलोमिटरमा तीन पटक सम्मको विश्व विजेतालाई पछि पार्दै बरियतामा विश्व उपविजेता बन्न सफल भएकी बताइएको छ । मिरा माओवादी पूर्व लडाकु भई सेना समायोजनका क्रममा बाहिरिएकी हुन् ।

कहाँबाट पाइन् मिराले प्रेरणा

mira1

मेरो परिवारको आर्थिक अवस्था कमजोर थियो । यसकारण म परिवारको लागि केही गर्न चाहन्थेँ । म साथीको लहैलहैमा लागेर वैदेशिक रोजगारीमा जान लागेकी थिएँ । तर मलाई नेपालमै केही गर्न मन थियो । त्यही समयमा मेरो गुरु धुव्रविक्रम मल्लज्यूले मलाई रोक्नुभयो ।
उहाँलाई मैले सिन्धुली क्याम्पको समयमा भेटेको थिएँ । उहाँँले मेरो क्षमता बुझ्नु भएको थियो त्यसैले मलाई यहीँ बसेर तालिम लिने व्यवस्था मिलाइदिनु भयो । उहाँले नै मलाई तिमी अल्ट्रा धावक बन्न जन्मेको हौ भनि विश्वास दिलाउनु भयो र उहाँकै विश्वास र प्रेरणाको कारणले गर्दा म छोटो समयमा नै विश्ब च्याम्पियन बन्न सफल भएँ ।
म परिवारको लागि केही गर्ने चाहना राख्दथेँ । त्यसको साथै ममा केही गर्छु भन्ने जोश थियो । तर घरमै बसेर त्यो सम्भव थिएन, त्यसकारण मैले सानै उमेरमा आफ्नो पढाई छोडेर २०६१ सालमा कक्षा छ मा अध्ययन गर्दा गर्दै विद्यार्थी संगठनमा लागेँ । सुरुमा म विद्यार्थी संगठनबाट राजनीतिमा होमिएर पछि पूर्णकालीन सदस्य भएँ । भूमिगत भएँ । त्यहाँ गएर केही गर्न सकिन्छ भनेर म त्यसमा लागेँ । आफ्नो समाजको लागि केही गर्ने बच्चै देखिको चाहना थियो । त्यही आफ्नो चाहना पूरा गर्न म माओवादी विद्यार्थी संगठनमा आवद्ध भए र पछि पि.एल.ए. (तत्कालीन जनमुक्ति सेना ) मा आवद्ध भएँ । पछि पार्टी शान्ति प्रक्रियामा गएपछि म पनि जनमुक्ति सेना शिविरमा गएँ । त्यहाँ गएपछि म खेलकुद क्षेत्रमा आकर्षित भएँ र त्यतैपट्टि आफ्नो भविष्य बढाउने निर्णय गरेँ । त्यहाँ मैले कराँते, फिजिकल फिटनेस तथा म्याराथन जस्ता विभिन्न खेलमा सहभागीता जनाएँ । मैले पि. एल. ए स्पोर्टस खेलकुद धनगढीमा सहभागीता जनाएँ । मेरो लागि जनमुक्ति सेनामा काम गर्न पाउनु पनि प्रगतिको पहिलो खुट्किला बन्यो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...