आइतबार संविधान संशोधन प्रस्ताव टेबल हुने - Naya Online

आइतबार संविधान संशोधन प्रस्ताव टेबल हुने

२१ पुस, काठमाडौं । 

Constituencies taking part in the transformed Parliament on Friday, October 02, 2015. Photo: RSS

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक आइतबार टेबल हुने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस–माओवादी र मधेसी मोर्चाको बैठकपछि संशोधन प्रस्ताव टेबल गर्ने सहमति भएको हो ।
सत्तारुढ दलहरुको बैठकमा सर्वाेच्च अदालतको पछिल्लो आदेशबारे छलफल  गर्दै दलहरुबीच यस्तो निर्णय भएको हो । सर्वाेच्चको आदेश सकारात्मक भएको भन्दै बैठकले आइतबारको संसद् बैठकमा संंशोधन विधेयक टेबल गर्ने निर्णय गरेको समाचार स्रोतले जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतबार संसद्मा विधेयक टेबल हुने र मधेसी मोर्चाले माग गरेबमोजिम परिमार्जन गरेर पारित गरिने निर्णय भएको जानकारी दिनुभएको हो ।
बैठकमा राज्य पुनर्संरचना टुंग्याउन आयोग गठन गर्न मोर्चाका नेताले दवाब दिएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित रहेकाले सो विषयमा थप छलफल हुन नसकेको मोर्चाका नेता केशव झाले जानकारी दिनुभयो ।
यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संविधान संशोधन प्रस्ताव टेबल भए प्रतिवाद गर्ने चेतावनी दिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले संशोधन गर्न नपाइने भनी स्पष्ट भइसकेको भन्दै संशोधन अघि बढे प्रतिवाद गरिने बताउनुभएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...