पुस २१, काठमाडौं ।
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर भित्र्याउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामत भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआई)ले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट छिराइरहेको अवस्थामा सो परिमाणको सुन बरामत गरेको हो ।
एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको सो परिमाणको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ ल्याइँदैगर्दा बरामत भएको हो ।
दुबइबाट सुन बोकेर आएका गोपालबहादुर शाहीलाई प्रहरीले भाडाको ट्याक्सी चढेर विमानस्थलबाट बाहिरिन लाग्दा पक्राउ गरेको हो ।
सुन प्रकरणमा प्रहरीले थप दुई जनालाई पनि गिरफ्तार गरेको हो । मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्लेलाई शाहीले सुन जिम्मा लिन डाकेका थिए ।
बरामत गरिएको सुनमा दुई सय ४४ वटा १० तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी रहेका प्रहरीले जनाएको छ । सुन बरामत गरिएको बारे ब्युरोको डिआईजी नवराज सिलवालले पुष्टि गरेका छन् । उनले सुराकीका आधारमा सुन बरामत गरिएको स्पष्ट पारे ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।