याक्खा संस्कृतिमा आधारित ओम्ला प्रदर्शन हुने - Naya Online

याक्खा संस्कृतिमा आधारित ओम्ला प्रदर्शन हुने

१५ पुष, धरान ।

याक्खा संस्कृतिमा आधारित ओम्ला चलचित्रको प्रिमियर शो धरानमा हुनेभएको छ ।
याक्खा कलाकार संघ सुनसरीको व्यवस्थापनमा ओम्लाको प्रदर्शनी तयारी थालिएको निर्माता एवम् चलचित्रका नायक अजय जिमीले जानकारी दिनुभयो । पुष २५ गते प्रदर्शन हुने चलचित्रको प्रिमियर शोका लागि आवश्यक तयारी थालिएको हो । omlaयाक्खा संस्कृति र मझिया प्रथाका सकारात्मक पक्षहरुलाई चलचित्रमा समेटिएको जिमीको भनाइ छ । ओम्ला यसअघि नै चलचित्र विकास वोर्डअन्तर्गतको आदिवासी जनजाति चलचित्र प्रोहत्सान सम्मानबाट सम्मानित भइसकेको चलचित्र हो ।
चलचित्रमा याक्खा बाहुल्य परिवेश र याक्खा जातिको मौलिक पूजा युच्याङ, मौलिक नृत्य डोकेनी, याक्खा जातिको मृत्यु संस्कार, चोरी बिवाह आदि साँस्कृतिक दृश्यहरुलाई देखाइएको निर्माण नियन्त्रक राजकुमार याक्खाले जानकारी दिनुभयो ।
अरुणकुमार प्रधानको निर्देशन रहेको चलचित्रमा अजय जिमी, सिर्जना निङ्लेकु, सागर सिंगक, मागमान जिमीलगायतको मुख्य भूमिका रहेको छ ।
३५ लाख बढी लागतमा निर्मित चलचित्र ओम्लालाई विभिन्न फिल्म फेस्टिबलमा समेत लैजाने तयारी भइरहेको निर्माता जिमीले बताउनुभयो । धरानमा गर्न लागिएको प्रिमियर शोका लागि टिकट बिक्री कार्य चलिरहेको छ । omla1धरानमा ओम्ला चलचित्र प्रदर्शनीका लागि विशेषतः याक्खा समुदायसँग सहयोग लिने काम जारी रहेको याक्खा कलाकार संघ सुनसरीका अध्यक्ष जीवन देवानले जानकारी दिनुभयो । मौलिक याक्खा संस्कृति समेटिएको हुनाले प्रदर्शनको तयारी सकारात्मक रहेको र सबैले सहयोग गरिरहेको देवानको भनाइ छ ।
चलचित्र राजधानीलगायत याक्खा बाहुल्य जिल्लाहरु र भारतको दार्जिलिङ, सिक्किममा पनि प्रदर्शनका लागि छलफल भइरहेको निर्माण पक्षको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...