पुष १४, काठमाडौं ।
संघीय गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन तुहाउन सरकार स्थानीय निकायको निर्वाचन घोषणामा लागेको भन्दै विरोध गरेको छ ।
संविधान संशोधन नगरी चुनाव घोषणा गरिए देशमा द्वन्द्वको वातावरण सिर्जना हुने मोर्चाको बिहीबार सम्पन्न बैठकको निष्कर्ष छ । मोर्चा बैठकले चुनावमा जानु अघि संविधान संशोधन हुनैपर्ने सर्त राख्दै आफूहरुको मागलाई बेवास्था नगर्न प्रमुख तीन दल र सरकारलाई चेतावनी दिएको छ ।
तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा बसेको मोर्चा बैठकले संशोधन तुहाउन निर्वाचानको प्रपञ्च रचेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने संकेत गरेको हो ।
संविधान संशोधनपछि भने आफूहरु निर्वाचनमा जान तयार हुने भन्दै तमलोपा उपाध्यक्ष वृजेशचन्द्र लालले संशोधनमा सरकार इमानदार बन्नुपर्ने बताउनुभएको हो । मोर्चा बैठक भोलि पनि जारी रहने बताइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।