पथरी । संघीय समाजवादी फोरम नेपाल अमरदह मोरङको प्रथम ऐतिहासिक गाउँ अधिवेशन सम्पन्न भएको छ ।
गाउँ अधिवेशनले मोहमद जुमाराति मन्सुरीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा शंकर राजवंशी र लोकबहादुर तामाङ, सचिवमा विष्णुदेव यादब, सहसचिवमा सम्भु सिंह र कोषाध्यक्षमा मीनादेवी राम छन् । त्यस्तै सदस्यहरुमा बैजनाथ यादब, आनन्द देव राजवंशी, राजकुमार गन्गाई, फुलचन यादब, खष्ट बहादुर दास, जोगिन्दर राजवंशी, चुम्मो हेमरन, विश्व माझी र शिव कुमार यादब छन् । मद्येशी जनधिकार फोरम, संघी समाजवादी पार्टी र खस समावेसी पार्टी वीच एकता भएपछि को प्रथम गाउँ अधिबेशन भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।