‘बिनायो’ फिदिममा प्रदर्शन - Naya Online

‘बिनायो’ फिदिममा प्रदर्शन

सन्देश सुब्बा
पाँचथर/ जीतेन राईको परिकल्पना, कथा र संगीतमा बनेको किराती मिथकमा आधारित नेपाली चलचित्र ‘बिनायो’ को शनिबार फिदिममा विशेष प्रदर्शन भएको छ ।
यसअघि देश–विदेशका विभिन्न स्थानहरुमा प्रदर्शन भइसकेको तथा नेफ्टा अवार्ड प्राप्त ‘बिनायो’ हेर्न फिदिम स्थित जिविसको सभाहलमा दर्शकको घुइचो लागेको थियो । चलचित्रमा आदिम किराती पूर्खा तायामा, खियामा र हेत्छाकुप्पाको मिथकलाई उतारिएको छ । मिथकमा वर्णन गरिए अनुसार अभिभावकबिहीन दिदीबहीनि तयामा र खियामा अनि भाई हेत्छाकुप्पाको जीवन भोगाईका दुःख र दर्द वरिपरि चलचित्रको कथा घुमेको छ ।

1-binayo-photo-1 2-binayo-photo-2
किरात राईहरुको ऐतिहासिक थलो खोटाङको खार्मी, रुपाकोट, रावाखोला, तावाचुङ लगायतका विभिन्न ऐतिहासिक स्थानहरुमा छायाङ्कन गरिएको ‘बिनायो’ ले पूर्खाहरुले बाँचेको जीवन, गरेको संघर्ष र धानिल्याएको संस्कार–संस्कृति प्रति युवा पुस्तामा प्रेम जागृत गराउँछ । किराती कला र संस्कृतिको संरक्षणार्थ निर्माण गरिएको चलचित्रमा देखाइएको पारिवारिक प्रेमको मर्म र महत्वले दर्शकलाई भावुक बनाउँछ ।
नाइमा फिल्मस् प्रोडक्सनको ब्यानरमा जीतेन आफैंले निर्माण गरेको ‘बनायो’ लाई रोशन राईले निर्देशन गरेका छन् । युवराज खत्रीको छायाङ्कन तथा सम्पादन रहेको ‘बनायो’ मा सान्ध्या साम्पाङ, एलिशा राई र कपिल वान्तावा लगायतका कलाकारहरुले भनियन गरेका छन् ।

जीतेनको एकल प्रस्तुती समेत सम्पन्न

3-jiten-photo-1

किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरले संयोजन गरेको ‘बिनायो’ विशेष प्रदर्शनीकै अवशरमा वरिष्ठ गायक तथा संगीतकारको रुपमा परिचित जीतेन राईले एक प्रस्तुती समेत दिएका छन् ।
दक्षिणी पाँचथरको दुर्गम गाविस फलैंचामा जन्मे–हुर्केर झापा हुँदै हाल राजधानी बस्दै आएका जीतेनले ‘मलाई जन्म दिने पाँचथर जिल्लाबासीको मायामा …’ भन्दै आधा दर्जन बढी आफ्ना चर्चित गीत पस्केका थिए । झण्डै दुई घन्टा सम्म एकल प्रस्तुती दिएका जीतेनले ‘मट्टीको कसम …’, ‘पारुहाङ्की सन्तान तिमी …’, ‘उराठै लाग्छ नि …’, ‘मालिङ्गो काटि नि लै–लै …’ लगायतका लोकप्रिय गीत गाएका थिए ।
पूर्वेली लोक–आधुनिक गीत–संगीतमा बेग्लै ख्याती कमाएका जीतेनलाई उपस्थित दर्शक–स्रोताले नाँचेर साथ दिएका थिए । चलचित्र हेर्न आएका दर्शकलाई जीतेका गीत–संगीतको पनि रस्वस्वादन गराउँने उदेस्यले एकल प्रस्तुतीको समेत कार्यक्रम राखिएको किराया पाँचथरका सल्लाहकार सगुन सुसाराले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...