– प्रीन्स याक्खा प्यासी
कि पखेटा नहुनु पथ्र्याे कि चरा नहुनु पथ्र्याे
पखेटा अभिषाप भो कि पिंजडा नहुनु पथ्र्यो ।
ए.. बुख्याँचा पट्टि बाँधेर के ? तराजू बोक्छस् ?
न्यायलय हत्यारा नहुनु पथ्र्याे,लुटेरा नहुनु पथ्र्याे ।
खाडिको भित्ताहरुमा जवानी साट्नुको बिकल्प
राहदानी नहुनु पथ्र्याे कि बाध्यता नहुनु पथ्र्याे ।
मुनाहरुबाट हरेक दिन आउने गुनासो यहि हो
मदन लाई भोट पठाउने देवकोटा नहुनु पथ्र्याे ।
यहाँ गधाहरुले पनि देश चलाएको देखियो
सदन सदन जस्तै हुनु पथ्र्याे तबेला नहुनु पथ्र्याे ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।