ओली राष्ट्रवाद र यथार्थ - Naya Online

ओली राष्ट्रवाद र यथार्थ

kaman-dewan

–कमन देवान
राजनीतिक क्रान्तिको युग समाप्त भएको स्वघोषणा गर्ने र आर्थिक क्रान्तिको हवाला दिँदै बन्द, हडताल नगर्ने संकल्प बोकेको एमाले घोषणापत्रलाई आम नेपाली जनताले पढ्न नजानेकै हुन् । जनताले पढे र बुझेजस्तो गर्ने ल्याकत पनि नभएकै हो एमालेसँग । यस मानेमा उसको सडकमा गधा रुवाई र सदनमा टाङ पछाराईको नियतमा कुनै शंका रहेन । सार्वजनिक सञ्जालहरुमा मैले पटक–पटक लेख्दै आएको छु र हुँ । राजनीतिक रूपले गतिछाडा आनिबानीमा एमाले अघि थियो, छ र रहिरहने छ । संसद्लाई अवरोधको थलो बनाउने, सडकलाई सत्ता छटपटीको रमिता बनाउने खड्गप्रसाद ओलीको पनि उस्तो रहर नहुँदो हो ।
तर, भन्दा अरुलाई भारत परस्त भन्ने र आफू थाइल्याण्ड र अन्यत्र भारतीय खुफिया एजेन्सी ‘रअ’ का जिम्मेवार अधिकारीहरुसँग भेट्दै आउँदै नेपाली राजनीतिलाई अनिर्णित र असफल पार्ने उहाँको लीला अपरमपार छ । लाग्छ, आजकल ओलीजी श्रीपेच ओढेर बालुवाटार होइन, नारायणहिटी छिर्ने सपना देखिरहनुभएको छ । हाय ! लोकतन्त्र ल्याउन निक्कै पटक धरपकडमा परेर घाइते भइयो । लोकतन्त्र संस्थागत गर्न बुट, लाठी र हिरासत पनि चाखियो । उहाँ सधँै कहिले प्रतिगमन आधा सच्चिएको मृगतृष्णामा दौरासुरुवाल सिलाएर फरमानको पर्खाइमा पर्नु भो त कहिले गाडागोरु चढेर अमेरिका नपुगिने चट्टानी अडानमै बस्नु भो । त्यसैले त हामीले दुःख पायौं कि उहाँले नै कल्पनामा पनि आँटन नसकेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा उहाँलाई नै प्रधानमन्त्री बनाइदिनुपर्ने दुषित दिन पनि देख्न, खप्न र भोग्न पर्यो ।

oli-1आजको राष्ट्रिय राजनीतिमा हामी सजिलोको गाँठो खोल्नतर्फ वहस गरिरहेका छौं । खड्गप्रसाद ओली अप्ठ्याराका अनेकौं सुर्कानीहरु कसेर देश र परिवेशलाई ठप्प पार्ने दुष्प्रयासमा लागिरहनुभएको छ । कुनै युगमा जसरी कालिदासले रुख काटेको किम्बदन्ती सुन्न पाइन्छ, यतिबेलाका कालिदास ओली महाशय आधुनिक मूर्खताको लय स्थापित गर्नतर्फ उन्मुख हुनुहुन्छ । खै ! कति कोटी जिब्रो भएका शेष नागले पनि उहाँको महिमा गाएर सक्ला जस्तो लाग्दैन । तथापि, उहाँका हनुमानहरुको माग दोहोरिरहन्छ, राष्ट्रवादी ओली । र, अर्काथरीले आरोप लगाउँछन् यी त अराष्ट्रवादी । म करिब–करिब स्थायी आलोचककै नाताले भन्छु, एमाले पार्टी त के हो ? कसो हो ? ओली वास्तवमा राष्ट्रवादी नै हुन् । त्यसैले उहाँको राष्ट्रवादका आयामहरु बारे हामी स्पष्ट हुनै पर्दछ ।
‘वाद’ आफैमा एकापटि खुला प्वाल र अर्कोपटि प्वाल बन्द गरिएको बाँसको ढुँग्रो जस्तै अर्थ लाग्ने शव्द हो । अर्थात, एकापटिबाट हाल्न मिल्छ र निकाल्न पनि त्यही प्वाल प्रयोग हुन्छ । जब राष्ट्र जोडिन्छ, ओली महोदयलाई यो बहुत फाइदाको चिज बन्छ । किनकि उहाँ राष्ट्रकै नाउँमा बिताण्ड मच्चाउनु हुन्छ र राष्ट्रकै दोहनमा बिगतदेखि नै अग्रसर नेता । महाकाली सन्धीले उहाँको यो राष्ट्रवादी चरित्रलाई कति चम्किलोगरी प्रष्ट पारेको छ ? जनताले बुझ पचाउनु अगल कुरा हो, सत्य सबैका सामुन्ने छ । अर्को पक्षबाट ओली राष्ट्रवादी हुनुको प्रमाण लाउन शव्दमै खेले पुग्छ । राम्ररी दिमाग नै नचल्ने गरी रोगले थल्लिएका व्यक्तिबाट कामको आश गर्नु उत्तिकै बेकार हो ।
शव्दकै अर्थ खोज्दा वाद आफैमा प्रवेश खुला र निकास बन्द गरिएको बाटो हो । वादभित्र उसका सबै राम्रा र नराम्रा पनि राम्रा हुनुपर्ने वाध्यात्मक अवधारणालाई स्वीकार गर्नै पर्दछ । वादले आफ्नो अनुकूलतामात्रैको सत्य र त्यसको चौघेरालाई मात्रै सर्वस्व ठान्नु उसको विशेषता र कमजोरी दुवै हो । त्यसो भएकाले पनि खड्गप्रसाद ओली अहिले जुन लाइनमा उभिएर राष्ट्रवादका नाइके हुनुभएको छ । यो मिल्दो कुरो हो । संविधानमा खस आर्य र दशनामीको मात्रै जातीय परिभाषा उहाँले बिगतदेखि देखेको नश्लीय सपना संविधानमार्फत पूरा भएकै हो । oli-2
असंख्य मातृभाषामध्ये भारतबाट आयातित खस नेपाली र देवनागरी लिपीको मात्रैको मान्यता र प्रयोगमा ओली सपना पूरा भएकै हो । संविधानमा काइते तवरले धर्मनिरपेक्षताको परिभाषा गरेर उहाँको आकांक्षा पूरा भएकै हो । भन्दा पुनर्संरचना भन्ने र गर्दा वडाको सीमा पनि हलचल गर्न दिन्न भनेर लिइएको अर्को चट्टानी अडान वास्तवमा उहाँका राष्ट्रवादी कदमहरु हुन् । प्रदेशको संख्या र सीमाङ्कन कहिले छ, कहिले सात र कहिले पाँच जति भनेर भए पनि संक्रमण टुङ्गाउन नदिने, धमिलो पानीमा माछा मारिरहने नियत साकारै हुनुलाई कसैले राष्ट्रवादी सोच होइन भनेर भन्न मिल्छ ? यो यस्तो खास अर्थको राष्ट्रवाद हो । जसले एकल नश्लकै मात्रै वर्चश्वलाई चिरस्थायी र कालजयी राखिरहन उत्प्रेरित गरिरहन्छ । छिमेकी राष्ट्रहरुका खुफिया एजेन्सीहरुसँग एक खालको सौदावाजी गर्ने र आम जनताका आँखाअघि चाँहि छिमेकी राष्ट्रप्रति राम्रो र नराम्रो जुनै अवस्थामा पनि नकारात्मक भावभंगीमै गालीगलौज गरिरहने शैली ओली निर्मित राष्ट्रवादको नमूना हो ।
राजधानी जस्तो कस्मोपोलिटन सिटीमा विद्युतको आपूर्ति २४ घण्टा कायम हुँदा केही दलाल र बिचौलियाहरुको व्यपार घाटा हुने पीरले विद्युत वितरणमा सुधार गर्ने कर्मचारीको जागिरै खाइदिने धम्कीसहित आन्दोलन गराउने सोच आफैमा ओली राष्ट्रवादको आलोक हो । आफू र आफ्ना हनुमान बाहे सबैलाई निषेध गर्ने राष्ट्रवाद वास्तवमा वाद नै हो । वाद ऐना हो । जसको एक पाटोमा मात्र आवर्तन र छायाँ सम्भव छ । त्यो पनि आफ्नै मुहार हेरेर दंग पर्नलाई । त्यसैले कुनै पनि वाद आफैमा पूर्ण होइन र हुनसक्दैन । त्यसमा पनि नश्लीय चिन्तनले ग्रस्त ओली राष्ट्रवादले यो देशको राजनीति र समाजको गतिलाई कता लैजाने हो ? प्रश्न सोचनीय छ । oli4
आफू सत्ताको बागडोर सम्हालिरहेका बेला संविधानमा चित्त नबुझे दुई तिहाई पुर्याएर संशोधन गर्न चुनौती दिने ओली महाराज आज संविधान संशोधन सदनमा दर्ताभएकै कारण अस्वस्थ र अशान्त बन्नुभएको छ । उहाँले भनेकै विधिबाट संशोधन प्रस्ताव अघि बढ्दा पनि यतिधेरै आपत्ति, खटपटी, निदहराम हुन्छ उहाँको आखिर किन ? यो वास्तवमा उहाँले अंगिकार गरेको नेपाल र नेपालीका बीचमा स्थायी शान्ति, पारस्पारिकता, एकता र हार्दिकता बन्न नदिने नीति र नियतको परकाष्ठ हो । केही गुलिया, केही चिल्ला र केही उखानका भरमा उहाँले जनतालाई अल्मल्याइरहनु बुद्धिमता हो भन्ने ठान्नुभएको छ । तर, आकासमा सबै समय बादलको कब्जा भइरहन्थ्यो भने घामजूनको अस्तित्व व्रह्माण्डका लागि आवश्यक हुन्नथ्यो । ओली राष्ट्रवादले देश, समाज र जनतामा पारेको छायाँ चिरस्थायी हुँदैन । त्यसपछि ओली राष्ट्रवादको भविश्य के हो ? यसको उत्तर स्वयम् ओली महाराजसँग पनि छैन ।
नेपाली समाजको बहुराष्ट्रिय सोच र बहुराष्ट्रताको यथार्थलाई संगोल कायम राख्न नसकेसम्म मुलुकको राजनीति र कुनै पनि नीति सफल हुन सक्दैन । बहुराष्ट्रताको आयामलाई शक्ति र एकताको शुत्रमा बाँध्न नसकेसम्म जत्रो धक्कु लाएर समृद्धिको कुरा गरे पनि त्यो मिथ्या नै हो । जसका निम्ति हामीले भनेको आधार पहिचानजनित संघीयता नै हो । स्वायत्तता, संरक्षण, विशेष क्षेत्रहरुमा अग्राधिकारको प्रवन्ध गरेर पहिले यो मुलुकको जातीय विभेद्को समस्यालाई सुल्झाएपछि बल्ल वर्गीय मुद्दा सुल्झाउ सहज हुन्छ । यी सबै तथ्यलाई जानी र बुझिकन पनि खड्गप्रसाद ओलीज्यूहरु यसलाई कार्यान्वयनमा लैजान चाहनुहुन्न ।
देशले प्राप्त गरेका संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीतालाई समेत जबरजस्ती अरुका लागि स्वीकारिदिएको भनेर टिप्पणी गरिरहनुहुन्छ भने यो देशका लागि उहाँहरुले के स्वीकार्नु भो ? के गर्नु भो ? उहाँकै भनाइले अनेकन प्रश्नहरु जन्माउँछन् । हावाका र दावाका कुरा त धेरै पर नै रहे । रेल र पानीजहाज पनि परै राखौँ । पूर्व प्रधानमन्त्री भइसक्नुभएका व्यक्तिले सार्वजनिक सभा समारोहहरुमा दिने मन्तव्यदेखि संसद् चल्नै नदिनेसम्मका हविगतलाई हेर्दा ओली राष्ट्रवादको असली रङ्ग पत्ता लागिसकेको छ । oli3
अरुलाई असामाजिक देखाउने, अरुलाई साम्रदायिकको आरोप लगाउने, अरुलाई असहिष्णु भन्ने तर आफू चाहिँ एक जाति र एक नश्लको मात्रै अधिकारका लागि अडान लिइरहने ओलीपथको राष्ट्रवाद २१औं सताब्दीकै खुँखार, जनघाती र विखण्डनकारी वाद हो । यस्तो वादले ओलीलाई निजी फाइदा होला, तर मुलुक र जनतालाई डुबाउँछ । जनताले प्रतिनिधित्व दिएर पठाएका सांसदहरु मुलुकका जटिल राजनीतिक मुद्दाहरुमा छलफल गर्न र निकास निकाल्न नपाउनु लोकतन्त्र होइन । सडकका असरल्ल मधेसका जनजातिका, महिलाका, अल्पसंख्यकका, कर्णालीका, उत्पीडितका मुद्दालाई किनारा लगाउनबाट रोक्नु र ओली दम्भकै पेवापात बनाएर संसद्लाई पंगु बनाइनु देश र जनताप्रतिको गद्दारी हो ।
ओली राष्ट्रवादको यो सफलताले पनि उहाँको राष्ट्रवाद वास्तवमै नेपाल र नेपालीको प्रगतिका लागि वाधक वादका रूपमा विकसित भइरहेको प्रतीत हुँदैछ । जनताले यस्तो फाँसिस्ट राष्ट्रवादको नक्कल गर्लान् र आफ्नै आँगनमा ओली पथका न्यू भर्सन लेण्डुप दोर्जेहरु जन्माउलान् भन्ने अनुमान लगाउन निक्कै मुस्किल छ । देशमा चेतना र विचारको उज्यालो फैलिसकेको छ । कोही जबरजस्ती सिरक ओढेर अन्धकारकै धंधंगीमा रमाइरहनुलाई के भन्ने ? हाम्रा पूर्व प्रमज्यूले कुनै नयाँ किस्सा वा टुक्कामार्फत यसमा सुहाउँदो शव्दावली बजारमा ल्याउने अपेक्षा गरौं । बाँकी त ओली राष्ट्रवादकै जगजगी छ । के बोलौं र !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

सांस्कृतिक अतिक्रमण र झुठको खेती

दिलेन्द्र कुरुम्बाङ पूर्व सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि साँस्कृतिक अतिक्रमणको...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

युवा शक्ति परिवर्तनका संवाहक

लक्ष्मण कटुवाल जवानीले नछाडेको अथवा बुढ्यौलीले नछोएको तरुण अवस्था नै युवा हो । युवालाई...

कानूनी दृष्टिमा मुन्धुमी स्थल मुकुमलुङ

शंकर लिम्बू “नेपालमा लिम्बूहरु नै त्यस्तो समुदाय होला जसले राज्यसँग भूमि अधिकारको मुद्दा अत्यन्त...