७ पुष, काठमाडौं ।
आन्दोलनरत संघीय गठवन्धनले प्रमुख प्रतिपक्षी दल एमाले जातीय तथा सामाजिक सहिष्णुता भड्काउन लागिपरेको आरोप लगाएको छ ।
गठवन्धनको बिहीबार बसेको बैठकले एमाले गतिविधि प्रतिगमनकारी भएको भन्दै निन्दा गरेको छ । राष्ट्रिय एकता कमजोर पार्ने र मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने गतिविधिमा एमाले लागेको गठवन्धनको आरोप छ ।
गठवन्धनका संयोजक उपेन्द्र यादवबाट बैठकपछि जारी विज्ञप्तिमा ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीहरुलाई धरापमा परी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आर्गह गर्छाैं’, भनिएको छ ।
गठवन्धनले तीनबुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिर्माजन गर्न र संसद्मा संशोधन प्रक्रिया अघि बढाउन माग गरेको हो ।
संघीय गठबन्धनले एक हप्ताभित्र काठमाडौंमा अन्तरक्रिया गर्ने र लगतै १० प्रदेशमा अन्तरक्रिया गरी आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।