पहिचान विरोधी एमाले प्यानलको सर्मनाक हार
६ पुष, चितवन । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदमा गठबन्धन प्यानलका जगत बराम विजयी भएका छन् । बरामले एमाले प्यानलका अध्यक्ष उम्मेद्वार सूर्य भुजेललाई परास्त गरे । बरामले ३१ मत प्राप्त गरेका थिए भने भूजेलले २३ मत पाए । महासचिवमा गठबन्धनतर्फका उम्मेद्वार नित्यानन्द ताजपुरिया विजयी भए । ताजपुरियाले ३७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी टासी ह्यल्मोले १५ मत पाए । कोसाध्यक्षमा पनि गठबन्धन प्यानलले नै बाजि मारेको हो । गठबन्धनका मुकिन्द पहरी ३८ मत लिएर विजयी भएका हुन् । उनका प्रत्यासी प्रेमीलालप्रसाद चौधरीले १५ मत पाए ।
अध्यक्षमा पराजित भूजेलले चुनाबी परिणाम स्विकार्य हुने भन्दै सबै आदिवासी जनजातिको जित भएको प्रतिकृया दिए ।
महिला उपाध्यक्षतर्फ कृस्णकुमारी शेर्चनले ३६ मत प्राप्त गरेर विजयी भइन् भने उनका प्रत्यासी कमला कुसुन्डाले १० मत पाइन् । निर्वाचित उपाध्यक्षहरुमा किरण सुनुवारले (३३), गणेश थकाली (२६), गोबिन्द छन्त्यालले (२८), लोकबहादुर दुराले (२७), नवीन रोकामगरले (२६), , सोनाम लामा वालुङले (२४) र श्याम मन्डलले (२३) मत पाएर विजयी भए । त्यस्तै महिला सचिवतर्फ लाक्पा हिसे शेर्पा (३०), शान्तिदेवी धिमाल (३५), सुकमती रजवंशी (३३) सोनम लामक मुगाली (३८) र स्रुतीमाया कुमाल (३९) विजयी भए । मत पाएर विजयी भए ।
सचिवतर्फ पराजित लहरु जिमीले २१ मत पाइन् । सचिवमा विजयी आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (३२), सुखवीर थामी (२१) र राजकुमार बोटे (२०) विजयी भए । विजयी मध्ये महिला सचिव कुमाल दुवै प्यानलबाट उम्मेद्वार थिइन् भने शेर्पा मात्रै एमाले प्यानलबाट एक्ली उम्मेद्वार हुन् ।
अध्यक्षमा पराजित भूजेलले चुनाबी परिणाम स्विकार्य हुने भन्दै सबै आदिवासी जनजातिको जित भएको प्रतिकृया दिए । प्रतिवद्धता मन्तव्यमा अध्यक्षमा विजयी बरामले आदिवासी जनजातिका मुद्दामा एक ढिक्का भएर लड्ने बताएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।