मतदान शुरु - Naya Online

मतदान शुरु

अपडेट । चितवन

नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा आज राती ८:३० बजेदेखि मतदान सुरु भएको छ ।

विभिन्न ५५ जातिका मताधिकार प्राप्त प्रतिनिधिहरुले एक अध्यक्ष, एक महिलासहित ८ उपाध्यक्ष, एक महासचिव र चार महिलासहित ८ सचिव र एक कोसाध्यक्षका लागि मतदान गर्दैछन् ।

अध्यक्ष पदमा गठबन्धन उम्मेद्वार जगत वराम र एमालेका उम्मेद्वार सूर्य भुजेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै महासचिवमा गठबन्धनबाट नित्यानन्द ताजपुरियाको उम्मेद्वारी परेको छ । उनी बलियो प्रतिद्वन्द्वी मानिएका छन् ।उनको प्रतिद्वन्द्वीमा टासी ह्यल्मोको उम्मेद्वारी परेको छ ।

त्यस्तै कोसाध्यक्षमा मुकुन्दबहादुर पहरी र  प्रेमीलालप्रसाद चौधरीको उम्मेद्वारी परेको छ । पहरी गठबन्धन निकट हुन् भने चौधरी एमाले प्यानलका उम्मेद्वार हुन् ।

७ खुला उपाध्यक्षतर्फ १४ जनाको उम्मेद्वारी परेको छ भने एक महिला उपाध्यक्षमा दुई जना भिड्दैछन् । खुला ४ सचिवमा ९ जनाको उम्मेद्वारी परेको छ भने चार महिला सचिवमा ६ जनाको उम्मेद्वारी परेको छ ।

कांग्रेस, माओवादी केन्द्र र समाजवादी गठवन्धनभित्र छलकपट नहुने हो भने एमाले प्यानल पत्तासाफ हुने अनुमान गरिएको छ । ५५ मतमा एमालेसँग १५ मत मात्रै रहेको छ भने गठबन्धनतर्फ ४० मत रहेको अनुमान गरिएको छ । एमालेले स्वतन्त्र १० मत खरिद गरेको धेरैको अनुमान छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...