चितवन, ४ पुस । नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व हत्याउने दाउपेच बढेर गएकोछ ।अहिले जातीय संस्थाका प्रतिनिधि पर्यवेक्षक भन्दा पनि ठूला तीन पार्टी कांग्रेस, एमाले र माओवादीको सकृयता बढेको समाचार स्रोतले जनाएको छ ।
पछिल्लो कसरत कांग्रेस, माओवादी र संघीय समाजवादीले गठबन्धन गर्ने बारे चलिरहेको छ । जसमा समाजवादीका तर्फबाट नित्यानन्द ताजपुरीया अध्यक्ष पदको उम्मेद्वार बन्ने लगभग पक्का छ । गठबन्धन तर्फकै अर्का अध्यक्षका प्रत्यासीमा माओवादीका ङ्वाङ शेर्पाको नाम पनि अगाडि आएकोछ ।
कांग्रेसले भने महासचिव पद पाउनमै जोड गरिरहेको स्रोतको दावी छ ।
महासंघको जातीय समिकरणमा कमजोर देखिएको एमाले कहिले माओवादीलाई त कहिले कांग्रेसलाई अध्यक्ष दिने र बाकीँ जिम्मेवार पदहरुमा आफ्नो वर्चस्व कायम गराउन लागिपरेको छ ।
एमालेबाट अध्यक्षका प्रत्यासीमध्य सूर्य भुजेल आफै भोटिङ अधिकार प्राप्त उम्मेद्वार हुन् भने अएका प्रत्यासी सर्वधन राईले अहिले पनि भोटिङ अधिकार पाउने वा नपाउने टुंगो लागेको छैन ।
एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ लगायत नेताहरु जसरी पनि पार्टीको साख बचाउनलाई अध्यक्ष पद बाहेकमा उम्मेद्वारी दिने तयारीमा लागेको स्रोतले जनाएकोछ । यता समाजवादी-कांग्रेस-माओवादी गठबन्धन भने कुनै पनि हालतमा पहिचानको विरोधमा उतृएको एमालेलाई पाखा लगाएर पाठ पढाउने तयारीमा जुटेका छन् ।
महसंघको दोस्रो दिनको बन्दसत्र सुरु भएको छैन । अघिल्लो दिनको बन्दसत्र साँझ ५ बजे सुरु भएर डेढ घन्टा मात्र चलेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।