धर्ना र तालाबन्धी
३ पुष, चितवन । नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनको बन्दसत्र तोकिएको समय भन्दा ८ घन्टा बढी समय बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
आइतबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र सुरुमा प्रतिनिधि/पर्यवेक्षक कार्ड तयार नभएको भन्दै सुरु गर्न आलटाल गरिएको थियो । त्यसपछि भावी नेतृत्वका लागि आवश्यक कसरत गर्न भन्दै जातीय संस्थाका अगुवा र ठूला दलका नेताहरु छलफलमा व्यस्त रहेको भन्दै बन्दसत्र सुरु भएन । महासंघको बन्दसत्रमा सहभागी प्रतिनिधि/पर्यवेक्षकहरु बन्दसत्र हल नारायणी कला मन्दिर बाहिर अत्रतत्र बसेका देखिन्थ्यो ।
महासंघअन्तर्गत विभिन्न जिल्ला समन्य परिसदका नेता र अन्य सम्बन्धनप्राप्त संस्थाका प्रतिनिधि र पर्यवेक्षकहरुले भोटिङ अधिकार माग्दै तालाबन्दी गरेका थिए । उनीहरुले नाराबाजी र धर्ना दिँदै अघिल्लो महाधिवेशनको समयमा गरिएका निर्णय कार्यान्वयन नभएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिएका थिए । महासंघ अध्यक्ष नगेन्द्र कुमाल भने हल बाहिर घुमिरहेका देखिन्थे भने उपाध्यक्ष डन्डु शेर्पा भने विधान संशोधनका माध्यमबाट समस्या समाधान गरिने आस्वासन दिइरहेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।