पहिचान विरोधी एमालेलाई एक्ल्याउने तयारी - Naya Online

पहिचान विरोधी एमालेलाई एक्ल्याउने तयारी

कांग्रेस-माओवादी-समाजवादी गठबन्दन बन्ने संकेत

candiate
क्रमशः ताजपुरिया, राई र भुजेल

३ पुष, चितवन । नेपाल आदिवासी जनजाति महसंघको बन्दसत्र सुरु हुनै लाग्दा नेतृत्व कसले हत्याउने भन्ने विसयमा राजनीतिक सकृयता बढेको छ । पहिचानको विरोध र संविधान सम्शोधनको विरोधमा उतृएको एमालेलाई महसंघको नेतृत्व दिन नहुने भन्दै माओवादी र कांग्रेससहितका दलका नेता कसरतमा जुटेका हुन् । ताजपुरिया समाज कल्याण परिषदको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका नित्यानन्द ताजपुरियाको माहोल सोचे भन्दा राम्रो बन्दैगएपछि माओवादी र कांग्रेसले उनलाई सघाउने सम्भावना बलियो बनेको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन, कांग्रेस नेता इन्द्रबहादुर गुरुङलगायतले एमाले इतरको गठबन्धन निर्माणमा पहल थालेका बुझिएको छ । एमाले इतरको समिकरणमा चुनावी तयारी सुरु भए ताजपुरियाको नेतृत्वमा कांग्रेसबाट महसचिव र माओवादीबाट कोसाध्यक्षको उम्मेद्वारी पर्ने सम्भावना बलियो बनेको छ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवम् कानून विभाग प्रमुख रहेका ताजपुरीया आदिवासी जनजाति आन्दोलनका पुराना अभियन्ता समेत हुन् । उनी २३ वर्षदेखि निरन्तर आदिवासी जनजाति आन्दोलनमा सकृय छन् ।

समाजवादी फोरमका तर्फबाट उपाध्यक्ष रकम चेम्जोङसहितको नेतागण पनि चितवनमै छलफल बहसमा सकृय रहेको स्रोतले जनाएको छ । एमालेका तर्फबाट आधिकारिक अध्यक्षको उम्मेद्वार घोषणा गरिएका सूर्य भुजेल हुन् भने एमाले निकट सर्वधन राईले पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेको किरात राई यायोक्खाले जनाएको छ । चुनावी दाउपेजमा एमाले निक्कै आक्रमक शैलीमा उत्रने तयारीमा रहेको बताइएको छ ।

केही अल्पसंख्यक जातिका प्रतिनिधिहरुलाई एमालेले मध्य र सुदुर पश्चिमबाट एम्बुलेन्समा काठमान्डौ ल्याइ काठमन्डौबाट जहाज चढाएर चितवन ल्याएको चर्चा व्यापक बनेको छ । एमाले समर्थित राईले उम्मेद्वारीका लागि ठूलो धनराशी खर्च गर्न तयार रहेको एमाले निकट स्रोतको दावी छ । उनी जग्गा व्यापार र रियल स्टेटका उम्दा व्यवसायी हुन् । त्यस्तै भूजेल भने मौजुदा महासंघको कार्य समितिका उपाध्यक्ष हुन् । पोखरा निवासी उनी महासंघको बैठक र अन्य कार्यक्रममा काठमान्डौ आउँदा जाँदा भत्ता लिने पधाधिकारीमा पर्छन् । झापा लखनपुर निवासी ताजपुरियाले यसअघि महासंघको अनुसन्धन र विदेश विभाग सचिव भएर काम गरिसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कक्फेवा तङ्नाम र कुसङ तङ्बेको गीत सार्वजनिक

काठमाडौ – याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

चुम्लुङ स्थापनाको बेला मैले पनि सल्लाह दिएको थिएँ– परशुराम खापुङ

धरान, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले लिम्बूहरुको...

पार्टी विघटन गरेर विचार मिल्ने संगठनहरुसंग एकता गर्दै अघि बड्नुपर्छ – केरुङ

फिदिम – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव सागर केरुङले पार्टी विघटन गरेर अघि...

किरात सिरिजङ्गा लिम्बूका मात्रै नभएर देशकै निधि हुन् –प्रदेश प्रमुख खापुङ

उर्लाबारी, २४ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले किरात...

शिक्षामा जोड दिए स्वतः विकास हुन्छ– प्रदेश प्रमुख खापुङ

मोरङ, २४ मंसिर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा...

मतदान गर्न जाँदा मोवाइल तथा क्यामेरा लान नपाइने

काठमाडौं, २९ कात्तिक । निर्वाचन –२०७९ का लागि निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

पहिचानवादी दलहरु जिताउन चुम्लुङ्का शिर्ष नेतृत्वहरु पाँचथरमा

फिदिम – प्रदेशसभा ‘क’ पाँचथरका उम्मेदवार सागर केरुङ्लाई जिताउन लिम्बू जातिको सर्वोच्च संस्था किरात...

सामुदायिक गठबन्धनले चुनाव जित्छ – केरुङ

फिदिम – प्रदेशसभा ‘क’ पाँचथरका उम्मेदवार सागर केरुङ्ले आफ्नो गठबन्धनले निर्वाचन जित्ने दावी गरेका...