पाँचथरका आधा दर्जन चिया फ्याक्ट्रि बन्द - Naya Online

पाँचथरका आधा दर्जन चिया फ्याक्ट्रि बन्द

सन्देश सुब्बा/ २ पुष
पाँचथर/ लाखौं रुपैंयाँ लगानि गरेर स्थापना भएका जिल्लाका आधा दर्जन चिया फ्याक्ट्रि अहिले बन्द रहेका छन् । चिया तयार पार्न आवस्यक विद्युतको अभाव र निर्यात गर्न सडक सुविधाको अपर्याप्तता लगायतका कारण ती फ्याक्ट्रि बन्द गर्नु परेको सञ्चालकहरु बताउँछन् ।
जिल्लाको ओलने, हाङ्गुम र मौवाको क्रिकोणात्मक संगमस्थलमा रहेको त्रिबेणी चिया बगान, रबिमा रहेको सेन्चेलेङ्मा चिया बगान, आङसराङ र माङजाबुङको सिमानामा रहेको फक्ताङ्लुङ चिया बगान, सराङडाडाँ गाबिसमा रहेको फुङ्सिङ चिया बगान लगायतका बगानबाट चिया उत्पादन गर्ने फ्याक्ट्रि पूर्णतः बन्द अवस्थामा रहेका हुन् ।
नेपाल अर्गानिक चिया उद्योगले दश वर्षका लागि ६० लाख रुपैंयाँमा लिजमा लिएको सेन्चेलेङ्मा चिया बगान लिमिटेड दुई बर्ष अघिदेखि बन्द छ । झन्डै ८ सय रोपनीमा पैmलिएको उक्त बगानबाट उत्पादित चिया प्रशोधनका लागि बिद्युतको अभाव र मोटरबाटोको समस्याका कारण बन्द गर्नु परेको सञ्चालक देवेन्द्र रेग्मीले बताए ।

chiya-bagan-photo-panchthar
सुरुमा जेनेरेटरबाट चिया तयार गरिए पनि खर्चले धान्न गाह्रो भएपछि फ्याक्ट्रि बन्द गर्नु परेको सञ्चालक रेग्मीको भनाई छ । उक्त स्थानसम्म पुग्ने कच्चि मोटरबाटोमा बर्षादको सिजनमा सवारी साधन नचल्ने हुँदा तयार पारिएको पत्तिलाई निर्यात गर्न समस्या भएकाले पनि बाध्य भएर फ्याट्रि बन्द गरेको उनले बताए । सो बगानमा स्थानीयबासीको ८० लाख लगानि रहेको छ ।
यस्तै जिल्लाको आङसराङ र माङजाबुङ गाबिसमा रहेको फक्ताङ्लुङ चिया बगान लिमिटेड पनि तीन बर्ष देखि बन्द छ । सो फ्याक्ट्रि शसस्त्र द्वन्द्वकालमा माओवादीको निशानामा परेको भन्दै सञ्चालकले शान्ति मन्त्रालय मार्फत् करीब एक करोड रुपैंयाँ क्षतिपुर्ती समेत लिएको थियो । तर कार्यकारी निर्देशक सन्तकुमार आङदेम्बेले भष्ट्रचार गरेको ठहर भएपछि उनी जेलमा परे । सोहीसमयदेखि फ्याक्ट्रि बन्द भएको फ्याक्ट्रिका पूर्व कर्मचारी बेदप्रसाद अधिकारीले बताए ।
सराङडाडामा रहेको फुङ्सिङ चिया बगान लिमिटेड र मौवामा रहेको त्रिबेणी चिया बगान लिमिटेड पनि बन्द छन् । जिल्लाको दक्षिणी भेग अन्तर्गत पर्ने सो क्षेत्रका चिया फ्याक्ट्रि बन्द हुनुमा पक्कि सडक नुहुन मुख्य कारण रहेको स्थानीय बताउँछन् । बर्षात्को सिजनमा सवारी साधन नचलेपछि मान्छेले बोकेर लान सम्भव नहुने हुँदा फ्याक्ट्रि बन्द हुने गरेका हुन् ।
यसरी फ्याक्ट्रि बन्द हुँदा लाखौं मूख्य पर्ने हरियो चिया पत्ति त्यसै खेर गइरहेको छ । विदेशी बजारमा अर्गानिक चिया निर्यात गरेर मुनाफा लिने योजनाले लाखौं रुपैंयाँ खर्चेर स्थापना भएका चिया फ्याक्ट्रि बन्द हुँदा किसान भने चिन्तित छन् । सरकारले आवस्यक पहल गरी बन्द फ्याक्ट्रि पुनः सञ्चालनमा ल्याउँनुपर्ने चिया सहकारी संघका केन्द्रीय सदस्य राजेन्द्र जवेगुको भनाई छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...