श्रीमतिको उपचारका लागि सहयोगको याचना - Naya Online

श्रीमतिको उपचारका लागि सहयोगको याचना

सन्देश सुब्बा
पाँचथर/ जिल्लाको भारपा–८, का कृष्ण बहादुर विश्वकर्माले दुबै मृगौलामा खराबी देखिएर जीवन र मृत्यु सँग संघर्ष गरिरहेकी आफ्नी श्रीमतिको उपचारका लागि सहयोगको याचना गरेका छन् ।
बिहीबार फिदिममा पत्रकारहरु सँग कुराकानी गर्दै कृष्णले उपचार गर्ने पैशा नहुँदा अहिले आफ्नी जीवनसंगीनि ३९ वर्षिया विष्णु शंकर घरैमा छट्पटाइरहेकी बताए । अस्वभाविक रुपमा ब्लिलिङ् हुने समयस्या देखिएपछि कृष्णले विष्णुलाई मंसीर २० गते पाँचथर अस्पतालमा जचाउँन ल्याएका थिए ।
डाक्टरले उच्च रक्तचापका कारण विष्णुको मृगौलामा असर परेको भन्दै तत्काल ठूलो अस्पतालमा लान सुझाब दिएपछि उनलाई झापाको बिर्तामोड स्थित मनमोहन मेमोरियल अस्पताल पु¥याइयो थियो । त्यहाँ जचाउँदा विष्णुको दुबै मृगौलामा खराबी देखिएको र तुरुन्त विशेषज्ञ डाक्टरकहाँ लान भनेको श्रीमान कृष्णले बताए ।
krisna-bi-ka-photo

उनले पत्रकारहरु सँग आँशु खसाउँदै भने– ‘भएको पैशा सबै सकियो त्यसैले श्रीमतिलाई विवश भएर घर फर्काएँ, अहिले उनको उपचारको लागि सहयोगीहरुको खोजिमा छु ।’ कृष्णका अनुसार विष्णुको दुबै मृगौलाको ५० प्रतिशत भाग ड्यामिज भएको हुनसक्ने डाक्टरले बताएका छन् । यसको यकिन भने विशेषज्ञ डाक्टरलाई देखाएपछि मात्र हुनेछ ।
गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पमा क्षति भएको घर समेत पुनःनिर्माण गर्न नसकिरहेको बेला कृष्णलाई अर्को समस्या आइलागेको हो । दुई छोरा र दुई छोरी रहेको कृष्णको केही वर्ष अघि जेठा छोरा सुनिलमा अपाङ्गताको र जेठी छोरी एलिशा र कान्छी एलिजामा समेत आफैं बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।
विभिन्न संघ–संस्थाहरुको सहयोगमा उपचार पछि हाल १८ वर्ष पुगेका सुनिल र १६ वर्षकी एलिशामा त्यो समस्या हटेको छ तर कान्छी १४ वर्षिया एलिजालाई भने पूर्ण रुपले बिरामले छोडेको छैन । मस्तिष्क र नशाको समस्या झेलिरहेकी एलिजाले अहिले पनि औषधी सेवन गरिरहेको कृष्णले बताए ।
एकपछि अर्को समस्याले च्यापिरहेको बेला फेरि श्रीमतिको दुबै मृगौलामा खराबी देखिएपछि कृष्ण झन समस्यामा परेका छन् । कमजोर आर्थिक अवस्था भएका उनले आफ्नी श्रीमतिलाई बचाउँन सबै सँग आर्थिक सहयोगको याचना गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...