नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय सम्मेलन सुरु हुँदै - Naya Online

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय सम्मेलन सुरु हुँदै

चितवन । नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आज केही बेरमा चितवनमा सुरु हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने महासंघको नवौं महाधिवेशनलाई अन्य मन्त्री गण र विभिन्न पार्टीका जनजाति नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ नवौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार महाधिवेशनको उद्घाटन भन्दा अघि हाल विभिन्न जातीय संस्थाहरूको सांस्कतिक झाँकीसहितको विशाल र्यालीले चितवनका मुख्य स्थानहरूको परिक्रमा सुरु भएको छ ।
स्थानीय वीरेन्द्र बहुमुखी क्याम्पसमा आज शनिबार उद्घाटनसत्र सम्पन्न हुने र भोलिदेखि सोमबारसम्म चल्ने बन्दसत्रको कार्यक्रम चितवनस्थित कला मन्दिरमा सम्पन्न हुने बताइएको छ ।
महासंघमा आबद्ध विभिन्न ५६ जातिका एक मतदाता प्रतिनिधिसहित प्रत्येक जातीय संस्थाबाट चार जनाका दरले प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने छ । महासंघ अन्तर्गत विभिन्न ६० बढी जिल्ला समन्वय परिषद्हरूबाट पर्यवेक्षक सहभागी हुने छन् ।

अध्यक्षको बलियो प्रत्यासी ताजपुरिया

महासंघको नावौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षका प्रत्यासीका रूपमा तीन जना प्रतिस्पर्धीको नाम अघि आएको बताइएको छ । स्रोतका अनुसार अध्यक्षमा ताजपुरिया समाज कल्याण परिषद्का पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति नेता नित्यानन्द ताजपुरियाको सम्भावना बलियो छ । ताजपुरिया बिगत २३ वर्षदेखि आदिवासी जनजाति आन्दोलनको अभियन्तासमेत हुन् । उनले तराईका आदिवासी जनजाति समुदायको सूचिकरण, जेप परियोजन (जनजाति सशक्तिकरण) सञ्चालनलगायत विभिन्न कार्यमा योगदान गरेका छन् । महासंघको संघीय परिषद्मा लामो अनुभव बटुलेका उनले अनुसन्धान र विदेश सचिव भएर भूमिका निर्वाह गरिसकेका छन् । उनी नेपाल जेसीजका पूर्व महासचिव पनि हुन् । महासंघको सबै जसो आन्दोलनमा भूमिका निर्वाह गरेका ताजपुरिया अन्य उम्मेद्वारका तुलनामा बलिया र अनुभवी देखिन्छन् । उनको पक्षमा अधिकांश जातीय प्रतिनिधिहरूको समर्थन रहेको बताइएको छ । ताजपुरिया संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य र कानुन विभाग प्रमुखसमेत हुन् ।
त्यस्तै किरात राई यायोक्खाका तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका सर्वधन राई यायोक्खामा संलग्न अभियन्ता हुन् । तर, उनी एमाले समर्थित भए पनि एमालेले भने आधिकारिक रूपमा भूजेल सेवा समाजका तफृबाट उम्मेद्वार बनेका सूर्य भूजेललाई समर्थन गर्ने बताइएको छ ।
स्रोतका अनुसार नेपाली काँग्रेसका तर्फबाट हाल महासंघ कोषाध्यक्ष रहेका जगत बरामलाई अध्यक्षको प्रत्यासी बनाउने भनिए पनि उनी उम्मेद्वार हुने वा नहुने टुङ्गो लागेको छैन । माओवादी केन्द्रले भने नवाङ शेर्पाको नाम अघि सारेको बुझिएको छ । उनी नेपाल शेर्पा संघका महासभिव र पूर्वसभासद् लक्की शेर्पाका श्रीमान् हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...