बाटो बनाउँदै ९२ वर्षीय वृद्ध - Naya Online

बाटो बनाउँदै ९२ वर्षीय वृद्ध

सोलुखुम्बु, २५ मङ्सिर । चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराउनुभएको छ ।

बस्नेतले गत वर्ष प्राप्त गर्नुभएको एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम रु १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय युवामार्फत बाटो मर्मत तथा सरसफाइ गर्नुभएको हो ।

स्थानीय मानबहादुर बस्नेतका अनुसार वृद्धले खाजाको व्यवस्था गर्छु तिमीहरु बाटो मर्मत गर भनेपछि गाउँका ३० भन्दा बढी युवायुवती मिलेर बाटो मर्मत गरेका हुन् । उनीहरुसँग वृद्ध बस्नेत पनि कोदालो लिएर बाटो मर्मत गर्न निस्कनुभएको थियो । गाउँका मानिस आवातजावात गर्ने तथा बालबालिका हिमगङ्गा उच्च मावि जाने सो बाटो जीर्ण बनेकाले मर्मत गर्नुपर्छ भन्दै वृद्ध भीमबहादुरले गत वर्ष गाउँ परिषद्मा बजेट माग गर्नुभएको थियो तर बजेट प्राप्त नभएपछि गत वर्ष मासिक रु एक हजारका दरले प्राप्त गरेको भत्ता खर्च गरेर युवामार्फत बाटो मर्मत गर्नुभएको हो ।

बाटो मर्मत पछि वृद्ध बस्नेतले भन्नुभयो “यस वर्ष त झनै महिनाको रु दुई हजार भएको छ, अर्को वर्षसम्म बाँचे भने यो वर्षको रु २४ हजार पनि गाउँमा बाटो सजिलो बनाउन खर्चन्छु ।” बस्नेतले गाउँमा बाटो बनाउँदा पछि आफू स्वर्ग जाने बाटो सहज हुने विश्वास व्यक्त गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...