सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा - Naya Online

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ, २५ मङ्सिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए पनि पदक गणना भने गरिने छैन् । जसका कारण ३१ खेलका २९४ स्वर्ण र रजत तथा ४४७ कास्यपदकका लागि करिब दुई हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तीन खेल स्विमिङ, ट्रायथलन र बडिबिल्डिङ पनि यसअघि नै सम्पन्न भइसकेका छन् । त्यसका कारण पूर्वाञ्चलमा २८ खेल मात्र हुनेछन् । सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका छ जिल्लामा तथा स्वासका खेल भने स्थान अभावका कारण ललितपुरमै सञ्चालन हुनेछन् । केही खेल आगामी पुस २ गतेदेखि नै सुरु हुनेछन् ।

सरकारले चार किस्तामा निकासा गरेको रु २० लाख रकम पूर्वाधार सामान्य विकासका लागि प्रयोग गरिएको राखेपले जनाएको छ । राखेपले रु ११ करोड ६० लाखभन्दा कम दिए आयोजना गर्न कठिन हुने जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरको सहिद रङ्गशालामा र समापन धरान रङ्गशालामा हुनेछ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले पदक जित्दै राष्ट्रिय टिममा रहेका खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताउनु भएको छ । दक्षिण एसियाली खेलकुद(साग)मा रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि मासिक प्रोत्साहन भत्ता दिइने विष्टले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...