नयाँ शैलीको ‘नेपाली मुक्तक’ प्रकाशित - Naya Online

नयाँ शैलीको ‘नेपाली मुक्तक’ प्रकाशित

काठमाडौँ, २५ मङ्सिर । ‘खनाइदेऊ रित्तेको गिलास अलिकति
हेरूँ तिम्रो हँसिलो गन्धले छेक्न सक्छ कति
पिउने नै भएपछि मस्तसँग तिमीसँगै
सुम्पिदिन्छु आफैँ तिमीले अँगाल्न सके जति ।’ (पुष्कर लोहनी)

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले ‘नेपाली मुक्तक’(फिजराल्डको शैली अनुसार) पत्रिका प्रकाशनमा ल्याएको छ ।
बेलायतका कवि तथा लेखक एडवार्ड फिजराल्ड(१८०९–१८८३)ले ‘ओमर खैय्यामका रुवाइयात’को सन् १८५९मा पर्सियाली भाषाबाट अङ्ग्रेजीमा अनुवाद थालेका थिए । खैय्याम पर्सियाका कवि, गणितज्ञ र खगोलशास्त्री थिए । भनिन्छ, उनको रुवाइ (नेपालीमा हाल मुक्तक भनिन्छ)लाई उनको मृत्युपछि फिजराल्डले पसलेले जिरामरिच पोको पारेर दिएको कागजमा भेटेका थिए ।
चार हरफमा लेखिएको रुवाइलाई नेपालीमा वासु शशी, आनन्ददेव भट्ट, नारायणप्रसाद बाँस्कोटा लगायतले अनुवाद गर्नुभएको थियो । पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास मिलाइने तर तेस्रो हरफ भने अनुप्रासरहित हुने मुक्तक, कविता विधामा चोटिलो मानिन्छ ।
‘नेपाली मुक्तक’मा भने चारै हरफ रहे पनि हरेक पङ्क्ति आठ आठ शब्दमा विश्राम दिई सोह्र अक्षरमा लेखिएको छ जसमा तेस्रो हरफ लेख्दा रुवाइमा जस्तै अलिकति ठाउँ छाडिन्छ । “हाम्रा गीता, भजनकीर्तन र अरु श्लोकमा सोह्र अक्षर नै छन्, हामीले त्यसैलाई अनुकरण गरेका छौँ” पहिलो अङ्कमा समाविष्ट मुक्तककार पुष्कर लोहनीले भन्नुभयो ।
राजकुमार बानियाँ सम्पादक रहेको सो पत्रिकाको पहिलो अङ्कमा विष्णुबहादुर सिंह र श्रीराम श्रेष्ठका पनि सोही ढाँचामा मुक्तक प्रकाशित छन् । नेपाली मुक्तककारहरुले तेस्रो हरफ बिगारेर चार पङ्क्तिमा जति अक्षरमा लेखेको कवितालाई पनि मुक्तक भन्ने गरेकामा लोहनीले आपत्ति जनाउँदै ‘नेपाली मुक्तक’ नयाँ आन्दोलनका रुपमा निस्केको जिकिर गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...