तत्काल निर्वाचनको मिति घोषणा गर्न मागः अध्यक्ष ओली - Naya Online

तत्काल निर्वाचनको मिति घोषणा गर्न मागः अध्यक्ष ओली

काठमाडौँ, २३ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो – मुलुकको सङ्क्रमणकाल टुग्याउन सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्दछ ।

अध्यक्ष ओलीले निर्वाचन गरेर सङ्घीय संसद्, प्रादेशिक संरचना र स्थानीय सरकार गठन भएपछि मात्र सङ्क्रमणकाल टुङ्गिन्छ भन्दै “अहिले सरकारको प्राथमिकता संविधान संशोधन गर्नुभन्दा देशको सङ्क्रमणकाल टुङ्ग्याउने हुनुपर्दछ, तर सरकारले जे गर्नुपर्ने हो त्यो गरेको छैन, जे नगर्नुपर्ने हो त्यो गरेको छ बताउनुभयो ।”

सीमाङ्कनको संशोधन अहिलेको व्यवस्थापिका–संसद्ले गर्न नमिल्ने बताउँदै उहाँले अरुको स्वार्थका लागि सरकारले निर्वाचन गराउनतर्फ नलागेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रदेश नं ५ का सांसद र जनताले पहाड र तराईलाई अलग गर्न हुँदैन भनिरहेको बेला सरकारले अरुको कुरा बोकेर संविधान संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै “प्रस्ताव दर्ता गर्ने दलका सांसदलेसमेत पहाड र तराई टुक्रिने हो भने यसको विपक्षमा मत हाल्ने भनिरहेका छन् भन्नुभयो ।”

अहिलको सरकारले नक्कली पहिचानको नारा लगाइरहेको बताउँदै उहाँले भन्नुभयो, “पहिचानको वकालत गर्ने प्रधानमन्त्री दाहाल भारत जाँदा आफै नेपाली पोसाक लगाउनुभएन ।” अध्यक्ष ओलीले नक्कली पहिचानको कुरा गरेर अहिले नेपाली जनतालाई अगाडि बढ्न र देशलाई समृद्धि बनाउन नदिने छलकपट भइरहेको बताउनुभयो ।

अघिल्लो सरकारले बनाएको निर्वाचनसम्बन्धी ऐन, कानुनलाईसमेत सरकारले बेवास्ता गरेको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वाधीनतालाई समाप्त पार्ने र मुलुकलाई असफल पार्ने दिशामा सरकार लागेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता सबल बनाउने अभियानमा एमाले रहेको बताउनुभयो ।
सो अवसरमा एमालेमा प्रवेश गर्नुभएका सङघीय समाजवादी फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जनालाई अध्यक्ष ओलीले टीका लगाई स्वागत गर्नुभएको थियो ।

एमालेमा प्रवेश गर्नेहरुमा फोरमका वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईं, राजेन्द्रप्रसाद खनाललगायतका छन् ।

कार्यक्रममा बोगटी र प्रसार्इंले राष्ट्रिय स्वाधीनता र राष्ट्रभक्ति अडानका कारण आफूहरु एमालेमा प्रवेश गरेको बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...