काठमाडौं, २३ मंसिर । धरानमा कुनैबेला छ्यापछ्याप्ती नाटक जमातहरू थिए । ति नाटक जमातहरूबाटै आजका चर्चित निर्देशक नविन सुब्बा, कलाकारहरू प्रेम सुब्बा, शारदा शाक्य आदि उत्पादन भएका हुन् । अनाम, आरम्भ, सृष्टि, र्सिजना, साहारा नाट्य जमातहरूले नाटक निर्माण गर्नुका साथै कला साहित्य सम्बन्धि कार्यक्रम गर्थे । ति मध्येका २०४७ सालमा स्थापना भएको साहारा नाट्य जमातबाट उदाएका रविन श्रेष्ठ चलचित्र क्षेत्रमा हात हाल्न पुगेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘पार्सल’ हो । र, यहि मंसिर २४ गतेदेखि उक्त चलचित्र प्रदर्शन हुन गइरहेको छ ।
नाटकदेखि चलचित्रसम्म आइपुग्न रविनले धेरै पापडहरू बेलेका छन् । नाट्य जमातको स्थापनापश्चात आफ्नै लेखन÷निर्देशनमा जीवनदान, वृक्षा लगायतको नाटक निर्माण गरे भने गोविन्द मल्ल गोठालेको म कसरी हार्छु, अन्य लेखकहरूको मसिनेको शंका, परिवन्दलगायतका नाटकहरू निर्देशन गरेका थिए । बढिजसो सडक नाटक निर्माणमा लागेको साहाराको नाटक ‘वृक्षा’ उत्कृष्ट भएकैले पूर्वाञ्चल नाट्य महोत्सवमा आयोजकको तर्फबाट प्रस्तुत भएको थियो ।
कलकतामा तीनवर्ष नाटकसम्बन्धि तालिम लिएका उनले कलकतामै केही नाटकमा काम पनि गर्न भ्याए । केही नेपाली चलचित्रको पटकथा पनि लेखेका थिए । टेलिफिल्म निर्माण र अभिनय क्षेत्रमा पनि लाग्न खोजेका रविनले कलाकारिताले मात्र नपुग्ने देखि बिचमा व्यापार व्यावसायमा संलग्न भए । होटल तथा रेष्टुरेन्ट व्यावसाय गरेका उनले कान्तिपुर होटल म्यानेजमेन्ट इन्सिच्युट स्थापना गरेर तालिम पनि दिलाउन थाले । तर यसरी व्यावसायमा अलमलिँदा झण्डै कलाकारिताबाट टाढिएका आभास भयो । अनि १२ नेपाली एक चिहानको कार्यकारी निर्माताको यो क्षेत्रमा प्रवेश गरे । त्यसपछि धेरै समयअगाडि देखि मिलेर काम गरौं भन्ने आग्रह किशोर सम्बाहाम्फेबाट आयो र चलचित्र ‘पार्सल’ को निर्देशन गरे ।
“किशोर सम्बाहाम्फेले नै मलाई निर्देशक बनाउन हिम्मत गरेका हुन् ।” रविनले निर्धक्कसाथ भने । “तर सर्वप्रथम पार्सल नाम नै मन परेपछि प्रस्ताव आउने वित्तिकै काम गर्न अग्रसर भएको हुँ ।” उनले थपे ।
श्रेष्ठको अनुसार देखिएको तर बाहिर नआएको कथा हो पार्सल । विषयवस्तु राम्रो छानिएको, विशुद्ध पारिवारिक र समाजमा घट्ने घट्नालाई नौलो तरिकाले पूरा मनोरञ्जन दिने विषयवस्तु बोकेको कुरा प्रष्ट्याए ।
के छ पार्सलमा ?
अहिलेको चलचित्र क्षेत्र जुन तलिकाको नयाँ ट्रेन्ड चलेको छ, पार्सल पनि त्यही विषयवस्तुको वरीपरी रहेको श्रेष्ठले जिकिर गरे । पार्सलले नेपाली समाजमा चलेको एउटा संस्कार, उपहार कोशेलीको रूपमा विदेशबाट अथवा स्वदेशबाटै आफन्त, परिवार र आफ्नो प्रेमी अथवा प्रेमिकाको लागि पठाइएको सामान (पार्सल) बिचबाटोमा साटिँदा र साटिएपछि हुने विभिन्न घटनाचक्रलाई यस चलचित्रमा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको पनि बताए ।
चलचित्रमा हुने द्वन्द्व, मनोरञ्जन, हाँस्य आदिको समिश्रण गरिएको छ । जसले गर्दा दर्शकहरूलाई दुईघण्टा मज्जाले मनोरञ्जन दिनुको साथै कुर्सीमै बसिरहन बाध्य बनाउने उनको भनाई थियो । अझ नेपाली चलचित्रआकाशमा यो चलचित्र ‘लोकल भाले’को रूपमा चित्रित र टिनएजरदेखि वृद्धासम्मले हेर्न सक्ने चलचित्रको रूपमा बनाइएको पनि बताए ।
काठमाडौंदेखि ताप्लेजुङको तीन हजार ८ सय मिटर उचाईमा रहेको माता पाथिभरा देविसमक्ष छायांकन गरिएको चलचित्रमा ‘फ्रेस लोकेशन’ पनि रहेको निर्देशक श्रेष्ठले नयाँ अनलाईनलाई बताए ।
साहित्यलाई पनि नजिकबाट बुझ्ने रविन श्रेष्ठले विभिन्न साहित्यिक गोष्ठीहरूमा भाग लिने गर्दथे । चाँडै कविता सङ्ग्रहसमेत प्रकाशन गर्न लागेका रविनले पार्सललाई घरघरमा पु¥याएर मा खोलीसकेपछि मात्र नयाँ प्रोजेक्टको थालनी गर्ने सोँचमा रहेको श्रेष्ठको परिवारमा श्रीमती र दुई छोरी छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।