नयाँ अनलाईन, ११ मंसिर । अग्लो ज्यान, सुन्दर चेहरा हुनेवित्तिकै चलचित्रको नायक/नायिकासँँग दाजिन्छ । मानौं, नायक/नायिका हुनका लागि यिनै कुरा भए पुग्छ । अहिले चरित्रविशेष कलाकारले स्थान राख्न सफल भइरहेको बेला पनि ज्यान र चेहराकै चर्चा बढि हुन्छ ।
२० वर्ष अगाडि खुदुनाबारी झापामा जन्मिएकी सिर्जना फागो पनि समकालिन साथीहरूभन्दा अलि हलक्कै बढिन् । सुन्दर चेहराले पनि साथ दिएकोले छरछिमेकमा नायिकासँग नदाजी रहन सकेनन् । चलचित्रको नायिकासँग नाम दाँजिन थालिएपछि सिर्जनालाई बिस्तारै नायिका बन्ने भूत सवार भयो । आफ्नो सोँचलाई सार्थक बनाउन सहयोग गरे –काकाले । त्यसैले स्कुले जीवन पार गर्ने वित्तिकै ‘मिस झापा –२०१४’ मा सहभागी बनिन् । मिस झापामा कुनै ‘टाइटल’ जित्न त सकिनन् तर दमक, फिदिम लगायतका ठाउँहरूमा र्याम्पमा उत्रिने मौका भने दिलायो ।
अडिसनपश्चात सिर्जना अध्ययनलाई ध्यान दिइरहेकी थिइन् । त्यसैबेला नवनिर्मित चलचित्र पार्सलको मुख्य नायिकामा उनी नै छानिएको खबर आयो, त्यो क्षण ज्यादै खुशीको दिन बनेको थियो रे । खबर सुन्नेबित्तिकै आमालाई नै उक्त खबर सुनाएको कुरा सिर्जनाले बताइन् ।
र्याम्पमा हिडेको अनुभव एकातिर थियो भने मौका पाए चलचित्रमा काम गर्न धोको अर्कोतिर थियो । धरानमा चलचित्र ‘पार्सल’ बन्दै गरेको कुरा साथीहरूबाट पाइन् । जसमा अडिसन दिन जाने भइन् । नायिकामै नाम त ननिस्केला तर जे भए पनि त्यसैमा नै अडिसन दिन्छु भन्ने निश्चय गरेरै धरान आएकी थिइन् । आफू जन्मनुभन्दा अगाडिदेखि नै रंगमञ्च तथा चलचित्र क्षेत्रमा स्थान जमाइसकेका प्रेम सुब्बा अडिसनका प्रमुख थिए । उनको अगाडि गएर अडिसन दिनु पर्दा निकै सकस प¥यो । उनले जसोतसो अडिसन दिइन्, तर नायिकामा छानिने आशा चाही पटक्कै गरेकी थिइनन् ।
अडिसनपश्चात सिर्जना अध्ययनलाई ध्यान दिइरहेकी थिइन् । त्यसैबेला नवनिर्मित चलचित्र पार्सलको मुख्य नायिकामा उनी नै छानिएको खबर आयो, त्यो क्षण ज्यादै खुशीको दिन बनेको थियो रे । खबर सुन्नेबित्तिकै आमालाई नै उक्त खबर सुनाएको कुरा सिर्जनाले बताइन् ।
खासमा आमाबुबा दुवैको योजना भने छोरी चलचित्रमा अभिनय नगरोस् भन्न चाहन्थे । तर ग्रामिण भेगबाट पनि चलचित्रसम्मको अवसर पाउनु राम्रो हो भनेर काकाले आमाबुबालाई सम्झाउन पुगेपछि उनको चलचित्र यात्रा शुरु भएको हो ।
‘पार्सल’ प्रायः विदेशमा रहने छोरा या आफन्तले घरमा पठाइदिने सामान हो, तर पार्सलको नाममा धन्दा पनि हुनसक्ने कुरालाई इङ्गित गरेर चलचित्र बनाइएको कुरा सिर्जनाले प्रष्ट्याईन् । यस्तो कथा समाजमा घटिरहने भएपनि चलचित्रको माध्यमबाट समाजमा ल्याइन लागेको चलचित्र उत्कृष्ट बन्ने पनि जानकारी दिइन् ।
चलचित्रको छायांकन काठमाडौं, धरान, झापा, इलाम, ताप्लेजुङको रमणीय भूभागमा छायांकन गरिएको छ । ताप्लेजुङको हिउँमा दौडिने दृश्यको छायांकन गर्दा चिप्लिएर खुट्टामा चोट लागेको अविश्मरणीय क्षण बनेको रहेको सिर्जनालाई ।
चलचित्र निर्माण भएको केही लामो समयपछि मात्र प्रदर्शनमा आउँदैछ । यसबिचमा उनले अध्ययनलाई मात्र जोड दिइन् । हाल स्नातक तहमा अध्ययनरत सिर्जनाको पहिलो चलचित्र प्रदर्शन नभई अर्को चलचित्रमा कुन काम देखाएर जाने भन्ने भएरै पार्सलको प्रदर्शन पर्खिरहेकी हुन् ।
“अब मंसिर २४ गतेदेखि दर्शकमाझ जाँदैछ, त्यसपछि दर्शकको प्रतिक्रियाले पनि चलचित्र क्षेत्रमा जम्न सक्ने या नसक्ने निर्धारण हुन्छ ।” यस क्षेत्रलाई पेशा या रुचि भन्ने प्रश्नमा उनले बताइन् ।
यद्यपि पार्सलमा अभिनयपछि अहिलेसम्मको अन्तरालमा भने चलचित्र क्षेत्रको लागि अग्लो ज्यान र सुन्दर चेहरामात्र होइन, धेरै कुरा सिकेर आउनुपर्ने पनि बुझिसकेकी छिन् । र, चाडै अभिनय, नृत्यलगायतका आवश्कीय कुराहरूको प्रशिक्षण लिएर अगाडि बढ्ने योजना छ उनको ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।