लाहुरेहरुले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयमा निर्माण भएको चलचित्र मंसिर २४ देखि प्रदर्शन हुने भएको छ । अधिकांश पूर्वमा छायाँकन भएको नेपाली चलचित्र ‘पार्सल’को काठमाडौको एयरपोर्टदेखी पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम,धरान, महेन्द्रनगर लगायतका पर्यटकीयस्थलमा छायाँकन भएको थियो ।
धरानका रविन श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘पार्सल’मा सिंगापुर प्रहरीका इन्स्पेक्टर प्रभु श्रेष्ठ, खेलाडी किशोर सम्बाहाम्फे, सृजना फागो लिम्बु, किशोर खतिवडा, विक्रम सिंह, सोनु जयन्ती, प्रेसिका निरौला, पुजा तामाङ, नीता ढुङ्गानालगायतले अभिनय गरेका छन् ।
“चलचित्र नौलो कथावस्तुमा रहेकोले दर्शकहरुले रुचाउनेछन् ।” निर्मातासमेत रहेका किशोर सम्बाहाम्फेले चलचित्रबारे प्रष्ट्याएका छन् । लाहुर वा परदेशमा दुःख गरी कमाएको पैसाबाट किनेर आफन्तलाई पठाइएको पार्सलको आडमा नयाँ घटना सिर्जना भएको रोचक कथा नै पार्सलको कथा हो । सम्बाहाम्फेले प्रष्ट्याएका छन् ।
युवराज राईको छायाँकन रहेको ‘पार्सल’को सह–निर्देशन बसन्त अधिकारीले गरेका छन् । रोश्नी चलचित्र प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको ‘पार्सल’को लेखन नायक प्रभु श्रेष्ठले नै गरेका हुन् ।
चलचित्रमा रहेको ‘लाहुरे आयो…’ बोलको गीत यूट्युवमा यस अघि निकै लोकप्रीय भएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।