विक्रम सम्वत २०४१ साल फाल्गुण २५ गते मङ्गलबारका दिन पिता बमबहादुर चेमजोङ र माता टिकामाया चेम्जोङको साहिला सुपुत्रको रूपमा जन्मेका हुन इक्साहाङ चेम्जोङ । उनको जन्मस्थान पान्थर जिल्लाको फाक्तेप भन्ने गाउमा भए पनि हालको वशोबास भने कन्काइ नगरपालिका झापामा रहेको छ ।
जनकल्याण उच्च माबीबाट औपचारिक शिक्षा हाशिल गरेका चेम्जोङ सानै उमेरदेखि गीत/सङ्गीत र कला साहित्यमा रुचि राख्थे, खासमा उनी गायक बन्न चाहान्थे, तेतिबेला चर्चित रहेका सम्भु राईको ब्याक्तित्वबाट प्रभावित भएका उनी पछि गायनमा आफ्नो स्वरले साथ नदिने थाहा पाएर गीत लेखनमा लागेको बताउछन् ।
गीत लेखनतिर लागे पनि उनको ध्यान नाटकतिर अचानक मोडियो, गीति लेखनलाइ थाती राखेर उनले १७ बर्सको किशोर उमेर मै २०५६ सालमा ‘दुःखपछि सुख’ भन्ने नाटक लेखन तथा निर्देशन गरे । नाटकमा चेम्जोङ यति गहिरिदै गए कि उनले आइन्द्रबिक्रम श्रेष्ठको लेखन निर्देशनमा रहेको ‘गरिबी नै मनिताको काल’ भन्ने नाटकमा अभिनय गरे, त्यसको लगत्तै उनले फेरि २०६० सालमा ‘थकित पाइलाहरू’ भन्ने नाटक लेखेर निर्देशन गरे जुन नाटक झापामा प्रदर्र्शन गरिएको थियो । त्यसै साल ‘अनर्थ प्रेम’ उपन्यास पनि प्रकाशन गरेर नेपाली साहित्य भन्डारमा एउटा इँटा थपे । त्यसपछि गायक चन्द्र श्रेष्ठको लेखन निर्देशन रहेको नाटक ‘देशप्रेम’मा सहनायक भएर अभिनय गरे, सहनायकले मात्र चित्त बुझेन उनलाई । त्यहीकारण फेरि चन्द्र श्रेष्ठकै लेखन निर्देशन रहेको नाटक ‘पछुतोको आँसु’मा मुख्य भुमिकामा अभिनय गरे ।
गीतरसङ्गीत र कला क्षेत्रमा केही गर्ने जोस बोकेर लागि परेका चेम्जोङलाई देशको रक्तरन्जित गृहयुद्दले साथ दिएन, फल त नेपालमा बस्नै नसकिने वातावरण बन्यो र सबै सपनालाई थाती राखेर उनी मलेसिया उडे, मलेसिया पुगेको एकसालपछि उनी कार्यरत रहेकै सहरमा उनको भेट राज रोबट अजनबीसँग भयो, त्यो बेला राज रोबट अजनबी, सन्जय राई छुच्चा, इन्द्र नारथुङेहरू मिलेर प्रवासी नेपाली साहित्य मन्चको गठन गरी सस्थागत रूपमै नेपाली साहित्यलाई अघि बढाउदै थिए ।
चेम्जोङले उनिहरूको सङ्गत गरेर धेरै साहित्य श्रीजना गरे । मलेशियामा रहदा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सचिव, किरात याक्थुङ चुम्लुङ मलेशियाको सदस्य रहेर सस्थागत अनुभव बटुले, त्यति मात्र होइन ‘नमुना’ साहित्य सङ्गालो पत्रीकाको सहसम्पादक बनेर काम पनि गरे ।
देशमा राजनीति अवस्था सुध्रिएपछि उनी सन् २००९ मा नेपाल फर्के, नेपाल फर्किनेवित्तिकै थाती राखेको गीति लेखनलाई निरन्तरता दिदै दिलिप आङ्देम्बे र मन्जु सम्बाहाम्फेको स्वरमा ‘आँखैसामु झल्को आइराछ..’ भन्ने गीत रेकर्ड गराए, यो गीत रेकर्डसङ्गै नेपाली फिल्म निर्देशक किशोर सुब्बाको निर्देशनमा करिब आधा दर्जन जति गीतको म्युजिक भिडियोमा अभिनय गर्दै २०६९ सालमा ‘फुलको थुङ्गा’ले भन्ने एकल शब्द सङ्गीत रहेको गीति एल्बम निकालेर आफ्नो गीति लेखनप्रतिको सपनाको एक अध्याय सिध्याए ।
हाल उनी साउदी अरबियाको जेद्दा भन्ने ठाउमा कार्यरत छन्, अहिले निक्कै चर्चामा रहेको प्रतिभा परिवारका सक्रिय सदस्य हुन् उनी । प्रतिभा परिवारको प्रस्तुतिमा आउन लागेको प्रतिभा एल्बम भाग १ मा उनको पनि एउटा गीत समावेश छ, जुन गीतलाई सुमन राईले सङ्गीत गर्दैछन् भने उनकै जीवन सङ्गिनी इनुसा चेम्जोङले स्वर दिदैछन्, सुमन राई र इनुशा चेम्जोङ दुवैजना प्रतिभा परिवारका सक्रिय सदस्य हुन् ।
प्रतिभा परिवारमा आएर पुनः राज रोबट अजनबी, सन्जय राई छुच्चा, दिलिप सगर, देबेन राजा, जानू काम्बाङहरूसँग सहकार्य गर्न पाउनु र नुमा, सलोनी, अन्जना, सलिना, अम्रीता, नरेश, कृष्ण श्री, महेन्द्र र तीर्थजस्ता गायक गायिकाहरू सङ्गै हिड्न पाउँदा आफू गौरान्भित भएको बताउछन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।