समाजवादी युवा लिम्बुवान अध्यक्षमा राई - Naya Online

समाजवादी युवा लिम्बुवान अध्यक्षमा राई

दमक, २८ कार्तिक ।
संघीय समाजवादी फोरम, नेपालको भातृ संगठन समाजवादी युवा फोरम, नेपालको लिम्बुवान प्रदेश भेलाले सुशील राईको अध्यक्षतामा लिम्बुवान प्रदेश तदर्थ समिति गठन गर्दै सम्पन्न भएको छ ।  pics

शनिबार झापाको दमकस्थित किरात भवनमा सम्पन्न भेलाले राईको नेतृत्वमा सर्वसम्मत १४ सदस्यीय समिति गठन गरेको हो । आइतबार नवगठित समितिको सार्वजनिकीकरणका लागि दमकमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजवादी युवा फोरम, नेपालका केन्द्रीय अध्यक्ष सुनिलकुमार चौधरीले समाजवादी युवा लाठीमुंग्री मात्रै नबोकेर राजनीतिक विचार र जनताका परिवर्तनका एजेण्डालाई बोकेर अधिकार प्राप्तिका लागि लडिरहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा भएका विकृति रोकेर युवा पिढीलाई स्वदेशमै रोजगारीको वातावरण राज्यले बनाउनुपर्ने उहाँले मागसमेत गर्नुभयो । देशका विभिन्न ४० बढी जिल्लामा युवाको संगठन बनिसकेको र प्रदेश तहका समितिहरु पनि निर्माणमा युवा फोरम लागेको चौधरीले जानकारी दिनुभयो ।

pics-1पत्रकार सम्मेलनमा बोल्दै समाजवादी फोरमका लिम्बुवान प्रदेश समिति सदस्य प्रेम वनेमले अबका दिनमा दक्षता हाँसिल गरेका युवालाई मात्रै राज्यले वैदेशिक रोजगारीमा पठाउनुपर्ने जिकिर गर्नुभयो । त्यसका लागि राज्यले नै युवालाई अनिवार्य सीप विकासमा लगाउनुपर्ने उहाँको भनाइ थियो ।
पत्रकार सम्मलेनमा बोल्दै युवा फोरमका लिम्बुवान अध्यक्ष राईले अरु युवा संगठनले भन्दा फरक समाजवादी दृष्टिकोणका साथ अघि बढिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी प्रदेश समिति सदस्य बिनोद नेम्बाङ, संघीय प्रेस फोरमका उप–महासचिव कमन देवानलगायतको सहभागिता रहेको थियो ।
शनिबार किरात भवनमा समाजवादी युवा फोरमका केन्द्रीय सदस्य एवम् लिम्बुवान प्रदेश इन्चार्ज ताजुब लिम्बूको अध्यक्षतामा सम्पन्न भेलाबाट राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा डिल्ली माबो लिम्बू, सचिवमा योबाहाङ तुम्बाहाङफे, सह–सचिवद्वय अभिषेक माबो र रमेशहाङ तुम्रोक, कोषाध्यक्षमा पदम लेप्चा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा देवनाथ यादव, सुशील यादव, जीवन यादव, गंगा राई, मनोज यादव, दिनेश चेम्जोङ, मनोज राई र  मिना शेर्पा चयन भएका छन् ।
नौ जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने जनाइएको छ ।
भेलामा पार्टीका लिम्बुवान प्रदेश अध्यक्ष आरसी तुम्बा, लिम्बुवान प्रदेश सह–इन्चार्ज भूराज राई, युवा फोरमका महासचिव अजय यादवलगायतले बोलेका थिए । वक्ताहरूले जनताका अधिकार प्राप्तिको आन्दोलनमा निरन्तर लागिरहन युवा पिढीले अग्रपंक्तीमा रहेर आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...