संघीय गठबन्धन पुनः आन्दोलनमा फर्कने संकेत - Naya Online

संघीय गठबन्धन पुनः आन्दोलनमा फर्कने संकेत

शुक्रबारदेखि संसद् बहिस्कार सुरु

Constituencies taking part in the transformed Parliament on Friday, October 02, 2015. Photo: RSS

काठमाडौं, २६ कार्तिक ।
अघिल्लो खड्गप्रसाद ओली नेतृत्वको सरकार ढालेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेको संघीय गठबन्धनले व्यस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव लैजान सरकारले आलटाल गरेको भन्दै पुनः आन्दोलित हुने संकेत दिएको छ ।
प्रचण्ड सरकार गठन हुनलाग्दा काँग्रेस–माओवादी केन्द्र गठबन्धनसँग तीन बुँदे सम्झौता गरेर प्रचण्डलाई संसद्मा भएको निर्वाचनमा प्रधानमन्त्रीका लागि मतदान गरेको संघीय गठबन्धनले सम्झौता कार्यान्वयन नहुने काँटछाँट देखेपछि दबावमूलक आन्दोलनमा जाने संकेत गरेको हो ।
शुक्रबार व्यवस्थापिका संसद् बैठकमा विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरम, नेपालका वरिष्ठा नेता अशोककुमार राईले सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । राइले भन्नुभयो –‘तीन बुँदे सम्झौतामा हामी इमानदार बन्यौं, प्रधानमन्त्री निर्वाचनमा मतदान गरेर सरकार गठनमा सहयोग गर्यौं तर सत्तासिन दलहरूले इमानदारिता देखाउन सक्नुभएन ।’ ashok-rai-6
सरकारले मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त रिहा गर्ने भने पनि पक्राउ गर्ने नीति कायमै राखेको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो –‘संविधान संशोधन विधेयक संसद्मा दर्ता नभएसम्म हामी सदनका कार्यक्रम बहिस्कार गर्छौं ।’
प्रचण्ड सरकार गठन भएको एक सय दिन पूरा हुँदा पनि सरकार गठनका लागि भएको तीन बुँदे सम्झौता कार्यान्वयन हुन नहुँदा आन्दोलन रोकेर बसेको संघीय गठबन्धन पुनः आन्दोलनमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ । गठबन्धनभित्र संविधान संशोधनलगायत माग पूरा गराउन आन्दोलन नै विकल्प हो भन्ने मत बढ्दै जाँदा त्यसैको संकेतस्वरुप गठबन्धनमा आबद्ध मधेसी मार्चाका सांसदले शुक्रबारको बैठक बहिस्कार गरेका हुन् ।

संशोधन र महाअभियोग एकै पटक : प्रधानमन्त्री

prachanda

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक मसान्त अगावै संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता हुने बताउनुभएको छ ।
आफू नेतृत्वको सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । प्रचण्डले भन्नुभयो –‘सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा लैजान लागेका छौं । कार्तिक मसान्त अगावै दर्ता हुन्छ ।’ संविधान संशोधन प्रस्ताव तयार भइसकेको भन्दै उहाँले यसबारे प्रतिपक्षी दल एमालेसँग छलफल भइरहेको जिकिर गर्नुभयो ।
सत्तापक्ष र प्रतिपक्ष दलबीच संविधान संशोधन र अखितयार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित गर्ने बारे राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
संविधान संशोधन प्रक्रिया र कार्कीविरुद्धको महाअभियोग पारित गरेलगत्तै सरकार स्थानीय तहको निर्वाचनका लागि गृहकार्यमा जुटशने भन्दै प्रचण्डले मधेसी, आदिवासी जनजाति लगायत असन्तुष्ट पक्षलाई विश्वासमा ल्याउन आफू लागिपरेको दावी गर्नुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...