हिन्दु राज्य चाहिन्छ : राप्रपा अध्यक्ष राणा - Naya Online

हिन्दु राज्य चाहिन्छ : राप्रपा अध्यक्ष राणा

  • मधेसमा दुई प्रदेशको अडान pasupati-rana

चेतन आङथुपो

दमक, २६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था पुनस्र्थापनाको माग छाडेर गणतन्त्र स्वीकार गर्ने बताउनुभएको छ ।
राप्रपा र राप्रपा नेपालबीच चाँडै पार्टी एकीकरण हुने भन्दै अध्यक्ष राणाले दुवै पार्टीको एकता महाधिवेशनबाट राप्रपा नेपालले राजतन्त्रको मुद्दा त्याग्ने र हिन्दु गणतन्त्रको कार्यदिशा पारित हुने जिकिर गर्नुभयो । शुक्रबार झापाको दमकमा राप्रपा दमक नगर समितिबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो –‘चाँडै हामी पार्टी एकीकरण गर्दैछौं । त्यसपछिको एकताको महाधिवेशनबाट हिन्दु गणतन्त्रको कार्यदिशा पारित हुनेमा ढुक्क रहनुस् ।’ धर्मनिरपेक्षताको विषयमा जटिलता आइपरे जनमत संग्रहबाट टुङ्ग्याइने भन्दै राणाले हाल संविधानमा उल्लेखित धर्मनिरपेक्षताको प्रावधानलाई संशोधन गराउन आफ्नो पार्टी लागिपर्ने समेत स्पष्ट पार्नुभयो ।
आफूले ४० वर्षलामो राजनीतिक जीवनमा सदैव आदिवासी जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको अधिकारका लागि आवाज उठाएको भन्दै राणाले भन्नुभयो –‘मधेसमा दुई प्रदेश हुनै पर्ने लाइनमा हामी हिजो पनि स्पष्ट थियौं, आज पनि स्पष्ट छौं ।’ उहाँले अब चाँडै हुने संविधान संशोधनबाट हाल कायम सबै क्षेत्रका जनताको असन्तुष्टिहरू सम्बोधन हुने बताउनुभयो ।  sahabhagiअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाअभियोग बारे पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले भन्नुभयो –‘लोकमानसिंह कार्कीविरुद्धको महभियोग संसद्को समितिमा पुगिसकेको छ । हामीले अहिले नै स्पष्ट धारणा बनाइनसकेको भए पनि उपयुक्त समयमा त्यसबारे निर्र्णय गर्नेछौं ।’
राप्रपा दमकका अध्यक्ष प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य राजेश गिरीलगायत पार्टीका विभिन्न तहका नेताकार्यकर्ता सहभागी थिए ।

राप्रपा झापा अध्यक्षविरुद्ध पनि महाअभियोग

p-rana-1यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठविरुद्ध पार्टीको जिल्ला समिति भेलाले गत साउन महिनामै महाअभियोग पारित गरि केन्द्रीय समितिका कारबाहीका लागि पठाएको खुलेको छ ।
श्रेष्ठविरुद्ध जिल्लाभेलाले पदबाट बर्खास्त गर्न माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाइएको दमक नगर अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठ उपस्थित भए पनि उहाँलाई आसन ग्रहण गराइएको थिएन ।
तर, उहाँविरुद्धको कारबाही बारे अहिलेसम्म पार्टीले कुनै ठोस निर्णय नगरिसकेको स्रोतले बताएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...