तेस्रो बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान बारे प्रचार व्यापक - Naya Online

तेस्रो बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान बारे प्रचार व्यापक

दमक, २५ कार्तिक ।
शन्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ अमेरिकाको टेक्सास राज्यस्थित इर्विङमा हुन लागेको बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान तेश्रो संस्करण बारे बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ । press-meet
विश्व भुटानी साहित्यिक संगठन (जिबिएलओ) को मुख्य आयोजनामा नोभेम्बर २५ र २६ तारिकमा हुन लागेको सिर्जनात्मक अनुष्ठानको प्रचारका लागि दमकमा पत्रकार सम्मेलन गरिएको हो । अनुष्ठानका लागि नेपालस्थित प्रचार संयोजक कमन देवानले पत्रकार सम्मेलनमा जिबिएलओबाट जारी प्रेस विज्ञप्ति वाचन गरेर स्थानीय पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै देवानले अनुष्ठानमा अमेरिकाका विभिन्न २२ राज्यका प्रतिनिधि हुने तय भएको बताउनुभयो । त्यस्तै भारत, हङकङ, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकबाट पनि प्रतिनिधिहरू सहभागी गराउने तयारी भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।
अनुष्ठानको मुख्य लक्ष्य नयाँ पिढीलाई नेपाली संस्कृति, कला, साहित्य र संगीतको क्षेत्रमा आकर्षित गर्नु रहेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा राजनीति, भूगोल, धर्म आदि कारणले अलग भए पनि भाषा, साहित्य र कलाका माध्यमबाट संसारभरका नेपाली एक हुन सक्ने उल्लेख छ ।
संसारभर रहेका भुटानी प्रतिभाहरूलाई साझा मञ्च प्रदान गर्ने उद्देश्यसहित जिबिएलओको गठन गरिएकाले लक्ष्यअनुसार नै विभिन्न कार्यक्रम गर्दै अघि बढेको आयोजक संस्थाका अध्यक्ष एवम् कार्यत्रलमका संयोजक डेन्जोम साम्पाङले अमेरिकाबाट जानकारी दिनुभएको छ । अनुसार अनुष्ठानमा साहित्य, कला र संगीत बारे विमर्श गर्ने, प्रवासमा रहेका नेपालीहरूले कसरी नेपाली संस्कृतिलाई जगेर्ना गर्ने ? साहित्य, कला र संस्कृतिको संरक्षणका लागि विभिन्न सेसनमा बृहत् छलफल गरी निष्कर्ष निकाल्ने साम्पाङले बताउनुभयो ।
सिर्जनात्मक अनुष्ठान सम्पन्न गर्ने अर्गनाइजेशन अफ भुटनिज सोसाइटी र भुटनिज लिगेसी क्लबले सह–आयोजकको भूमिका निर्वाह गर्ने र सहयोगी संस्थाहरूमा स्रष्टा मञ्च डल्लास, भुटनिज कम्युनिटी इन अबिलेन, भुटनिज अमेरिकन एसोसिएसन अफ होस्टोन, इश्टर्न क्रिएसन, स्टार इन्टरटेन्मेन्ट र भुटनिज अमेरिकन स्पोर्टस काउन्सिल रहने जिबिएलओका प्रवक्ता कर्ण गुरुङले अमेरिकाबाट जानकारी दिनुभएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गुरुङले नयाँ अनलाइनलाई बताउनुभयो ।
कार्यक्रममा नेपाली साहित्यमा फरक सिद्धान्त (भयवाद)का प्रवर्तक साहित्यकार देश सुब्बा (हङकङ), भारतको दार्जिलिङबाट विद्या सुब्बा, सिक्किमबाट डाक्टर कविता लामा, क्यानाडाबाट डाक्टर माइकल फिसर सहभागी हुने पक्का भएको जिबिएलओले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ को दुई मुक्तक –

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ (१) स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म अधिकाशं मुन्छेहरु...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका...

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई...

तान्छोमाको माया

नरेन्द्रराज केरुङ मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या...

वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न

झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।...