सुरिलो स्वरकी सलोनी - Naya Online

सुरिलो स्वरकी सलोनी

आजभन्दा २५ वर्ष पहिले बाबा इन्द्रप्रसाद कुरुम्बाङ र आमा इन्द्रमाया कुरुम्बाङको कोखबाट नेपालको पूर्वी जिल्ला तेह्रथुमको सिम्लेमा जन्मेकी हुन् सलोनी कुरुम्बाङ्ग लिम्बू, खासमा उनको माङ्गेना नाम चाहिँ शान्तिला हो तर यो नाम किन हो कुन्नी उनलाई मन परेन रे त्यसैले नयाँ नाम उनी आफैले न्वारान गरिन् सलोनी । उनै सलोनी लिम्बू नामबाट आज गीत/सङ्गीत तथा सामाजिक सन्जालमा परिचित छिन् ।
14958761_1417822714912559_136563245_nगाउकै पोक्लाबाङ स्कुलबाट प्राथमिक शिक्षा सिध्याएकी सलोनीले बाकी निम्नमाध्यमिक शिक्षा भारतको सिक्किमबाट पूरा गरिन्, किनभने तेह्रथुमको सिम्लेमा जन्मिएता पनि परिवारले उनलाई नर्थ सिक्किमको मंगानमा पुर्याएका थिए बुबाआमा त्यहीकै अलैंची बगानमा काम गर्थे । बुबाआमालाई सघाउन सक्ने भएपछि सलोनीले राम्रो अध्ययन गर्न पाइनन् सानै देखि गायिका बन्ने सपना पालेकी सलोनीले अलैंची बगानमा काम गर्नुपर्दा जंगलै थर्किनेगरी गीत गाउने गर्थिन् र कुनैदिन गायिका बन्ने सपना साँच्थिन् ।
अलैचीबगानको कामदेखि विरक्तिए सलोनीको परिवार । अनि निस्किए तेह्रथुममै । भाईहरू पोक्लाबाङकै स्कुलमा पढ्न थाले भने उमेर माथि उक्लिदै गरेकी सलोनीलाई सानो कक्षामा पढ्न मन मानेन ।
म्याङलुङ बजारमा केही समय व्यूटीपार्लर सम्बन्धि तालिम लिएपछि काठमाडौं हान्निइन् । तर काठमाडौं सोचेजस्तो भएन । न व्यूटीपार्लरको कामले साथ दियो, अन्य जागिर नै मिल्यो । केही रेष्टुरेन्टहरूमा वेटरको काम गर्दै सङ्घर्ष गर्ने क्रममा इच्छाइएका कामहरू त सोच्ने मौकासमेत पाइनन् ।
केही समय नृत्य पनि सिकेकी उनले त्यसलाई पनि पूरा गर्न सकिनन् ।
अहिले आफ्नै बलबुताले पेप्सीकोलामा रेष्टुरेन्ट चलाउँदै आएकी छिन् । बेलाबेलामा आफूले गाएको ‘अडियोक्लिप’ फेसबुकमा राख्थिन् र आफ्नो पुरानो सपनालाई फेसबुकमै पूरा गर्थिन् ।
उनको स्वरलाई हाल कतारमा रहेका राजरोवर्ट अजनबीले सुन्न पुगे, गीत रेकर्डको लागि प्रस्ताव राखे । आफ्नो सपनासँग मेल खाने प्रस्ताव आएपछि सलोनीले तुरुन्तै स्वीकार गरिन् । फलस्वरुप राज रोबट अजनबीको शब्द रचना र खगेन्द्र पन्धाक लिम्बुको सङ्गीत रहेको “पुर्वेली बसैमा” भन्ने गीतमा सुरिलो स्वर भरिसकेकी छिन् ।
गीतकार÷सङ्गितकार राज रोबट अजनबी सँगको सांगीतिक सङ्गत बढ्दै गएपछी एकदिन एउटा म्युजिकल समूह बनाउने सल्लाह गरे, जसमा राज रोबट संयोजक रहने अनि सलोनी कार्यक्रम सन्चालिका हुने सहमति भयो र जन्मियो “प्रतिभा परिवार” । अहिले उहीँ प्रतिभा परिवारको सक्रिय सदस्य छिन् ।
प्रतिभा परिवारले बजारमा ल्याउन लागेको “प्रतिभा एक्बम भाग १” को तयारीमा जुटिरहेकी सलोनीले सो एल्बममा एउटा डुइट गीत चर्चित सङ्गितकार/गायक सुमन राईसँग गाउदै छिन्, सो गीतको गीतकार प्रतिभा परिवारका सदस्य दिलिप राई सगर हुनुहुन्छ भने प्रतिभाकै अर्का सदस्य देबिनबाबू राईले उक्त गीतमा सङ्गीत भरेका छन् ।
गीत/सङ्गीत मै केही गर्ने सोच बनाएकी सलोनीलाई प्रतिभा परिवारबाट धेरै आशा रहेको बताउछिन्, उस्तै परे गायनमा होल टाइमर बन्ने सोच बनाएकी सलोनीको सबै सपना पूरा होस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...