सहकार्यको सुत्र आवश्यक छ : साम्पाङ - Naya Online

सहकार्यको सुत्र आवश्यक छ : साम्पाङ

अमेरिकाको टेक्सासस्थित इर्बिङ (Irving) मा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान ३ (२०१६) को तयारी चलिरहेको छ । नाभेम्बरको २५ र २६ तारिकमा हुने यो बृहत् कार्यक्रम सफल पार्न विश्व भुटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष डेन्जोम साम्पाङ राई लागि पर्नुभएको छ । स्वीकारोक्ति सिद्धान्तलाई साहित्यमार्फत विश्वभर फैलाउने उद्देश्य बोकेर निरन्तर नेपाली साहित्यमा लागिरहनुभएका साम्पाङसँग कार्यक्रमकै सेरोफेरोमा रहेर नयाँ अनलाइनका सम्पादक कमन देवानले गरेको कुराकानी प्रस्तुत छ :

%e0%a4%a1%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a5%87%e0%a4%ae

  • बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान गर्नुको मुख्य लक्ष्य के हो ?
    यसको मुख्य उद्देश्य भनेकै भाषा, साहित्य, कला, संगीत र संस्कृतिको विकास र पर्वद्धन गर्दै विशेष गरि युवा पिढीलाई सिर्जनात्मक बन्न अभिप्रेरित गर्ने हो । जति धेरै हामी सिर्जनात्मक बन्छौं । त्यति नै शान्ति, समृद्धि र सद्भावको अपेक्षा गर्न सक्छौं, जसले हाम्रो उचित पहिचानको निर्माण गर्दछ ।
  • यति ठूलो कार्यक्रम गर्दै हुनुहुन्छ ? निक्कै खर्च हुन्छ होला । तयारी कस्तो गरिरहनुभएको छ ?
    तयारी लगभग पूरा भएको छ । हाम्रो संस्थाको लोगो (Logo) इंगित नोट बुक, कलम, टोपी, टी–सर्ट आदि सामग्रीहरू नेपालबाट नै झिकाएका छौं । अतिथि महानुभाव र अन्य आमन्त्रितहरूलाई निमन्त्रणा गर्ने काम जारी छ । जहाँसम्म खर्चाको कुरो छ, मन हो । हामी मनैदेखि यो कार्यक्रम सफल पार्न लागेका छौं ।
  • यो अनुष्ठानलाई पुनर्वासमा गएका भुटानी नेपाली समाजले कसरी बुझेका छन् ?
    विभिन्न पृष्ठभूमि बोकेर आउने चाडपर्वहरू हामी मनाउने गर्छाैं । राजनीतिक, साम्प्रदायिक, धार्मिक कारण र यस्तै यावत कुराहरूले हामी सबैलाई सबैको चाडपर्व र संस्कृति स्वीकार्य नहुन पनि सक्छ । तर, सिर्जना भनेको भूगोल, जति, धर्म र राजनीति भन्दा माथि हुन्छ । त्यसैले आऔं, हामी एकसाथ मिलेर सिर्जनाको आराधना गरौं, उत्सव मनाऔं । हामी सबैको लागि एउटा यस्तो चाडको निर्माण गरौं, जहाँ सबैको हित हुने विचार साट्न सकौं, भूगोल, जति, धर्म र राजनीति भन्द माथि उठेर सुन्दर मन र आपासी आत्मीयता खोजौं र एकै क्षण मात्र भए पनि जीवन, जगत र हामी बाँचेको समाजको चिन्तन गर्दै खुलेर रमाऔं भन्ने मूल मर्म बोकेर नै यो कार्यक्रमलाई ‘सिर्जनात्मक अनुष्ठान’ भनिएको हो । त्यसैले, पुनर्वासमा आएका भुटानी नेपाली समाजले मात्र होइन, सबै सिर्जनाधर्मीहरूले यसलाई यसरी नै बुझ्दै जाने छन् भन्नेमा म विश्वास गर्छु ।  logo-for-cap-and-t-shirt
  • तेस्रो अनुष्ठानमा आइपुग्दा भुटानी नेपाली साहित्य, कला र संगीतले के–के उपलब्धि पायो भन्ने लाग्छ ?
    गुणात्मकताको हिसाबले सन्तोषजनक उपलब्धि भएका छैनन् । तर, संख्यात्मक रूपले भने हामीले निक्कै ठूलो फड्को मारेका छौं । र, मेरो मान्नु के छ भने संख्या आफै एउटा गुण हो । यसलाई स्तरीयता प्रदान गर्न कुन किसिमको पहलकदमी अवश्य छ भन्ने विषयमा पनि कार्यक्रमको कुनै एक सेसन (Sesson) केन्द्रित रहने छ । कुनै समय यस्तो थियो, हाम्रा युवा पिढीहरूमा नेपाली साहित्यको माहौल थिएन । उनीहरूमा न चासो र इच्छा थियो न अग्रजहरूबाट प्रेरणा नै । त्यस्तो समयमा हामीले विभिन्न लेखन कार्यशाला, कविता गोष्ठी, भाषा साहित्यको प्रसारप्रचार गर्दै अघि बढ्यौं । आज यो अवस्थासम्म आइपुग्दा गर्व पनि लाग्छ । किनकि थुप्रै साहित्यकारहरू जन्मिएका छन् । कम्तिमा केही गर्न नसके पनि युवाहरूमा साहित्य, कला, संस्कृति, संगतिप्रति रहर जगाउन सफल भयौं । अब चुनौती यहि छ कि यी रहरहरूलाई कसरी परिपक्वता दिने ? यस्तै चिन्तनको निकास खोज्ने यस कार्यक्रमको अर्काे महत्वपूर्ण पाटो हो ।
  • अमेरिका र विदेशी मुलुकहरूमा बसेर नेपालित्व जोगाउन लागिपर्नु भएको छ । कतिको चुनौती छ काम गर्न ?
    चुनौती जहिल्यै छ । किनकि सहयोगी र असहयोगी दुवै हुन्छन् समाजमा । विरोध गर्नेहरूलाई, भएन भन्नेहरूलाई, गुनासो गर्नेहरूलाई पनि समेटेर काम गर्नुछ हामीले । त्यसमाथि यो विदेशी मुलुकमा हरेक कुराहरू अंग्रेजी संकरणमा मात्र हुन्छ । स्कूलमा नानीहरूले नेपाली बोल्ने भेट्दैनन् । नेपाली चाडपर्व, संस्कृति मनाउन छुट्टी मिल्दैन । कुनै कार्यक्रम गर्न एकसाथ भेला हुन गाह्रो छ । किनभने जागिर र अन्य विभिन्न कारणले समय मिल्दैन । समग्रमा भन्नुपर्दा स्वाभाविक रूपमा चुनौतीहरू छन् ।
  •  जिबिएलओ यस कार्यक्रमको मुख्य आयोजक छ । तपाईहरूलाई नै किन यति तातो लाग्ने ? अरु संस्थाहरू त चुपचाप छन् नि ?
    प्रश्न कडा तर राम्रो गर्नु भो । हामीले यस्ता गतिविधिलाई रहर होइन जिम्मेवारीको रूपमा लिन्छौं, चाहना होइन तर अवश्यकता सम्झन्छौं । अरुले पनि गर्दैछन् । समय र मनको तालमेल मिल्नुपर्दोरहेछ । banner-final-copyअब प्रवासमा रहेर नेपाली, कला, संगीत र साहित्यलाई कसरी अगाडि बढाउँदा उपयुक्त होला त ?
    एक्लै गर्छु भनेर यहाँ हुनेवाला केही छैन । कलाकारलाई साझा  मन्च चाहिन्छ । राम्रो सञ्जाल चाहिन्छ । त्यसैले विभाजित भएर होइन र सहकार्यको सुत्र अपनाएर अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने मेरो ठम्म्याई छ । त्यसैले उक्त कार्यक्रम सहकार्यको लागि औपचारिक आह्वान पनि हो ।
  • अनुष्ठानको संयोजकको नाताले अन्त्यमा तपाईको भनाइ ?
    सबैको सम्पर्क हामीसँग नभएको हुँदा निमन्त्रणा प्राप्त गर्नबाट तपाई विशेष व्यक्ति छुट्नु भएको हुन सक्छ । म यहाँको माध्यमबाट पनि सहभागिताका लागि चुल्हे निम्तो गर्न चाहन्छु । यो सिर्जनात्मक उत्सव भएको हुँदा, तपाई सम्पूर्ण सिर्जनाधार्मीहरूको यो आफ्नै कार्यक्रम हो । आउनुहोस्, जीवन, जगत र समाज विषयक सिर्जतान्त्मक चिन्तन गरौं । कार्यक्रम र अन्य जुनसुकै कुरामा रचनात्मक सुझाव भए हामी globalbhutaneseliteraryorg@gmail.com  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...