विदेशीलाई संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता हाम्रो माग होइन : सुवेदी - Naya Online

विदेशीलाई संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता हाम्रो माग होइन : सुवेदी

काठमाडौं २२, कार्तिक ।
संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पार्नुभएको छ ।
विदेशी नागरिकलाई समान अधिकार दिने अंगीकृत नागरिकताको पक्षमा मधेसी मोर्चा वा संघीय गठबन्धन नरहेकोले यो विषयलाई अनावश्यक प्रचारप्रसार तथा विवाद नगर्न उहाँले आग्रह गर्नुभएको छ ।  subedi
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी युवा फोरमका उपमहासचिव सुवेदीले भन्नुभयो –‘संविधान संशोधनको मागलाई तुहाउन सुनियोजित ढंगले अंगीकृत नागरिकताको विवाद सिर्जना गरिएको छ । मोर्चा वा गठबन्धनले त्यस्तो प्रस्ताव नै नगरेपछि यसमा विवाद गर्नुको तुक छैन ।’
विदेशी नागरिकलाई अधिकार दिलाउन मधेस आन्दोलन नभएको स्मरण गराउँदै नेता सुवेदीले संघीयता, समानुपातिक समावेशिता र पहिचानको मुद्दालाई मधेस आन्दोेलनले बलियो ढंगले स्थापित गरिसकेकोले यसका विरुद्ध कसैले पनि चलखेल नगर्न चेतावनी समेत दिनुभयो ।
‘अहिलेको प्रमुख एजेन्डा संविधान संशोधन भएकोले अंगीकृत नागरिकताको नाममा मधेस आन्दोलनबाट स्थापित मुद्दालाई कमजोर बनाउने षड्यन्त्र कसैले नगरे हुन्छ’– उहाँले भन्नुभयो ।
नेकपा एमाले र आन्दोलन ताका विभिन्न बहानामा ‘स्टन्ट’ गरिरहने र अहिले सरकारमा जान हतारमा रहेका मधेशी मोर्चाभित्रकै केही दलहरुले सुनियोजित ढंगले अंगीकृत नागरिकको मुद्दा झिकेर संविधान संशोधन प्रक्रियालाई ओझेलमा पार्न खोजेको नेता सुवेदीको आरोप छ ।
संशोधन प्रस्तावको मस्यौदा तयार हुन ढिलाई गरेकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तयार नै नभएको मस्यौदा सार्वजनिक भएको भन्नु र त्यसमै विवाद गर्नु हास्यास्पद रहेको नेता सुवेदीले टिप्पणी गरे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...