मधेसी दलप्रति लचकता अपनाउने तयारीमा स्थानीय तह पुनर्संरचना आयोग - Naya Online

मधेसी दलप्रति लचकता अपनाउने तयारीमा स्थानीय तह पुनर्संरचना आयोग

काठमाडौं, २२ कार्तिक ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले आन्दोलनरत संघीय गठबन्धन र मधेसी मोर्चाको मागलाई समेटेरमात्रै प्रतिवेदन बुझाउने भएको छ । मधेसका जिल्लामा आयोगलाई काम गर्न मधेसी दलहरूले अवरोध कायम राखेपछि आयोगले लचकता अपनाउने तयारी गरेको हो । llrcसरकारले दिएको कार्तिक मसान्तसम्मको समयसीमामा काम नसकिने भन्दै आयोगले मधेसका समस्यासमेत सुल्झाएर मंसिर १५ गतेभित्र सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने बताएको हो । आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार मधेसमा स्थानीय तह निर्धारण सम्बन्धी काम नसकिएकाले थप समय लाग्ने भएको हो । सीमांकनको काममा अवरोध नगर्न पनि आयोगले मधेसवादी दलहरुलाई अनुरोध गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो –‘सरकारले कात्तिक मसान्तभित्रै प्रतिवेदन दिन भनेको छ । तर, हामीले जतिसक्यो छिटो रिपोर्ट दिने हिसाबले काम गरिरहेका छौं । मंसिर दोस्रो सातासम्मा प्रतिवेदन बुझाउने तयारी छ ।’
पौडेलका अनुसार अधिकांश जिल्लामा प्राविधिक समितिले सरोकारवालाहरूसँग छलफल गरेर प्रतिवेदन तयार पारिरहेको छ । मधेस र अन्यत्र पनि केही जिल्लामा प्रविधिक समितिले काम गरिनसकेको आयोगले जनाएको छ । आयोगको मापदण्ड अनुसार जिल्ला तहबाट प्रतिवेदन नआए आयोगले आफैले प्रतिवेदन तयार पार्ने पौडेलले जानकारी दिनुभयो ।
जिल्लाबाट स्थानीय तह पुनर्संरचना बारे प्रतिवेदन दिन नसके वा सहमति नभए आयोगसँग विकल्प पनि रहेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो –‘हामीसँग अर्को पनि अप्सन छ । योभन्दा पहिले हामीले मापदण्डहरु दिएका थियौं, त्यो मापदण्डअनुसार ५४ वटा जिल्लाबाट प्रतिवेदन प्राप्त भएको थियो । त्यसैले अहिले प्रतिवेदन प्राप्त नभएको र पहिले प्रतिवेदन प्राप्त भएको रहेछ भने त्यसलाई आधार मान्छौं र त्यसैका आधारमा निर्णय गर्छौं ।’
मधेसका जिल्लाहरुमा आवश्यकता अनुसार काम अघि नबढेको भन्दै पौडेलले स्थानीय तहको सीमांकनको कामले मधेस केन्द्रित दलहरुको राजनीतिक मागलाई प्रभाव नपार्ने जिकिर गर्नुभयो । आयोगले अवरोध भन्दा पनि मधेस केन्द्रित दलहरुको सुझावको अपेक्षा गरेको पौडेलको भनाइ छ । पौडेलले भन्नुभयो –‘भोलि जसरी प्रदेशको सीमांकन भए पनि स्थानीय तहको सीमाना निर्धारण हुनैपर्दछ । त्यस कारण अहिलेको कामले मधेस केनिद्रत दलहरूको राजनीतिक मागलाई असर गर्दैन ।’
यसअघि सरकारले पाँच सय ६५ गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउन भनेको थियो । तर, राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा संख्या बढाएर सात सय ४४ पुर्याएइको थियो । त्यसपछि आयोगले नयाँ मापदण्ड अनुसार प्रतिवेदन तयार पार्न प्राविधिक समितिलाई निर्देशन दिएको हो । जनसंख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सीमाना निर्धारण गर्ने अधिकार सरकारले आयोगलाई दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...