अमेरिकाको टेक्सासमा सिर्जनात्मक अनुष्ठान हुँदै - Naya Online

अमेरिकाको टेक्सासमा सिर्जनात्मक अनुष्ठान हुँदै

कमन देवान
काठमाडौं, २१ कार्तिक ।
शन्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ तेस्रो मुलुक पुनर्वास भएका भुटानी स्रष्टाहरूले अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थमा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान ३ (२०१६) को आयोजनाका लागि तयारी थालेका छन् ।  banner-final-copyविश्व भुटानी साहित्यिक संगठन (जिबिएलओ) को मुख्य आयोजनामा नोभेम्बर २५ र २६ तारिकमा हुन लागेको सिर्जनात्मक अनुष्ठानका लागि आवश्यक तयारी सुरु भएको जिबिएलओ अध्यक्ष डेन्जम साम्पाङ राईले जानकारी दिनुभएको हो । अध्यक्ष राईले भन्नुभयो –‘अमेरिकाका विभिन्न २२ राज्यका प्रतिनिधि अनुष्ठानमा सहभागी हुनेछन् । त्यस्तै अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकबाट पनि प्रतिनिधिहरू सहभागी गराउने तयारीमा जुटेका छौं ।’
अनुष्ठानको मुख्य लक्ष्य नयाँ पिढीलाई कला, साहित्य, संगीत र विज्ञानका क्षेत्रमा आकर्षित गर्नु रहेको राईको भनाइ छ । संसारभर रहेका भुटानी प्रतिभाहरूलाई साझा मञ्च प्रदान गर्ने उद्देश्यसहित जिबिएलओको गठन गरिएकाले लक्ष्यअनुसार नै विभिन्न कार्यक्रम गर्दै अघि बढेको आयोजकले जनाएको छ । logo-for-cap-and-t-shirt
सिर्जनात्मक अनुष्ठान सम्पन्न गर्ने अर्गनाइजेशन अफ भुटनिज सोसाइटी र भुटनिज लिगेसी क्लबले सह–आयोजकको भूमिका निर्वाह गर्ने र सहयोगी संस्थाहरूमा स्रष्टा मञ्च डल्लास, भुटनिज कम्युनिटी इन अबिलेन, भुटनिज अमेरिकन एसोसिएसन अफ होस्टोन, इश्टर्न क्रिएसन, स्टार इन्टरटेन्मेन्ट र भुटनिज अमेरिकन स्पोर्टस काउन्सिल रहने जिबिएलओका प्रवक्ता कर्ण गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली साहित्यमा फरक सिद्धान्त (भयवाद)का प्रवर्तक साहित्यकार देश सुब्बा (हङकङ), भारतको दार्जिलिङबाट विद्या सुब्बा, सिक्किमबाट डा. कविता लामा, क्यानाडाबाट डा. माइकल फिसर सहभागी हुने पक्का भएको जिबिएलओले जनाएको छ । साहित्य, संगीत र कलाको त्रीवेणी संगम हुने कार्यक्रममा गायक खर्क गजमेरको गीति एल्बम ‘काली’को विमोचन हुने छ । दुई दिने कार्यक्रममा विभिन्न साहित्यिक, साँस्कृतिक प्रस्तुतिहरू हुने प्रवक्ता गुरुङले बताउनुभयो । Realesing albumजिबिएसओ सन् २००९ मा नेपालको झापास्थित भुटानी शरणार्थी शिविरमा गैर नाफामूलक साहित्यिक संस्थाका रूपमा स्थापना गरिएको हो । यसले अनुष्ठानको पहिलो संस्करण झापाको खुदुनाबारीमा २०६८ सालमा आयोजना भएको थियो भने दोस्रो संस्करण अमेरिकाको नेब्रास्कामा २०१४ मा सम्पन्न भएको हो । आगामी नोभेम्बर महिनाको २५ र २६ तारिख अमेरिकाकै टेक्सास राज्यको अर्बिङमा आयोजना हुने अनुष्ठान तेस्रो संस्करण हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

ताप्लेजुङका थापासहित तीनजनालाई साहित्यिक पुरस्कार

चन्द्र मादेन आन्छन काठमाण्डौं । पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लानिङस्थित ग्लोबल पब्लिक स्कुलको...

‘स्कुलमा कविता’को दोस्रो संस्करण माघदेखि हुने

स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३, सुनसरीले आयोजना गर्दैआएको ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको दोस्रो संस्करण यही...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...

लुङाको रजत वर्ष विशेषाङ्क विमोचनमा पत्रकार पुरस्कृत हुने

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...