गायक रुकमान लिम्बूको पहिलो लिम्बू गीतको भिडियो सार्वजानिक - Naya Online

गायक रुकमान लिम्बूको पहिलो लिम्बू गीतको भिडियो सार्वजानिक

‘हेरेर मान्छेलाई चिन्छुृ नभन
पैसाले मान्छेलाई किन्छु नभन’
जस्ता चर्चित नेपाली गीत गाइसकेका गायक रुकमान लिम्बूले पहिलोपटक गाएको लिम्बू भाषाको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।
tutugen

गायक लिम्बूले यादन शेर्माको शब्द र संगीत रहेको तुतुगेन तुम्याङ्से बोलको गीत केही समय अगाडी रेकर्ड गरी म्यूजिक भिडियो बनाइएको हो । लिम्बू भाषा, संस्कार, संस्कृति र रितिरिवाज संरक्षण तथा प्रवद्र्धन गर्नु पर्छ भन्ने जागरण बोकेको गीतको लिम्बूवानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू छायाङ्कन गरिएको छ । म्यूजिक भिडियो पूर्वाञ्चालको धार्मिक स्थल लब्रेकुटी, कुम्मायक कुसायक तथा माङसेबुङमा सुटिङ गरिएको निर्देशक लोकन साँवा बताउछन् । मिलन लिम्बू र सञ्जिता सङ्यक्पाको अभिनय रहेको भिडियो अहिलेका व्यस्त छायाङ्कार अर्जुन तिवारीको छायाङकन र सम्पादन निसान घिमिरेले गरेका छन् । पहिलो पटक लिम्बू गीत रेकर्ड गरेका गायक रुकमान लिम्बू पनि यो गीतबाट निक्कै आशावादी छन् ।
निर्माण कम्पनि रुबुसा क्रिएटीभ वर्कसद्वारा युट्युवमा सार्वजानिक गरिएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...