संविधान संशोधन नभए आन्दोलन : यादव - Naya Online

संविधान संशोधन नभए आन्दोलन : यादव

दमक, १७ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन कार्य तत्काल अघि नबढे मुलुकमा नयाँ शिराबाट आन्दोलन थालिने बताउनुभएको छ । condelence
बुधबार पार्टीका केन्द्रीय सदस्य दिवंगत दुर्गाप्रसाद राजवंशीको १२औं दिनको पुन्य तिथिमा सहभागी हुन झापाको कोहबरा पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तीन दलका शीर्ष नेताले संविधान संशोधनलाई आलटाल गरेर द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनुभएको हो । सरकार गठनको समयमा गरिएको सहमति कार्यान्वयन नभए संघीय गठबन्धनले नयाँ शिराबाट आन्दोलन थाल्ने उहाँको भनाइ थियो । यादवले भन्नुभयो –‘हामी आन्दोलन रोकेर संविधान संशोधनका लागि उचित वातावरण बनाइरहेका छौं । तर, प्रमुख दलहरू त्यसलाई वास्ता गरिरहेका छैनन् । यो दुर्भाग्यपूर्ण छ ।’
स्वर्गीय राजवंशीले आफ्नो राजनीतिक जीवनमा उत्पीडित मधेसी, आदिवासी जनजातिलगायत शोषित वर्गका पक्षमा निरन्तर लडेको यादवले स्मरण गर्नुभयो । राजवंशीको योगदानलाई पार्टीले स्मरण गरिरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश समितिका अध्यक्ष आरसी तुम्बा, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङ, केन्द्रीय सदस्य एवम् पूर्व सभासद् जयराम यादवलगायत प्रदेश, जिल्ला, क्षेत्र र नगर समितिका पदाधिकारीहरू सहभागी थिए ।

‘ताजपुरिया परिवारलाई समवेदना’

tajpuriya-1

त्यस्तै, बुधबार नै अध्यक्ष यादवले मतृशोकमा रहनुभएका पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया र उहाँको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष यादवसहित पार्टीका विभिन्न तहका नेता कार्यकर्ता लखनपुर २ स्थित ताजपुरिया निवास पुग्नुभएको थियो ।

ताजपुरियाकी आमा दुनोसरी ताजपुरियाको सोमबार साँझ ७२ वर्षको उमेरमा बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँका तीन छोराहरू नित्यानन्द, धर्मनारायण र सत्यनारायण हुनुहुन्छ भने एक छोरी मिराकुमारी ताजपुरिया हुनुहुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...