समाजवादी युवाको प्रदेश भेला हुँदै - Naya Online

समाजवादी युवाको प्रदेश भेला हुँदै

पथरी, ११ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालअन्तर्गत समाजवादी युवा फोरमको लिम्बुवान प्रदेश समिति भेला कार्तिक २७ गते सम्पन्न हुने भएको छ ।
प्रदेश भेलाका लागि बिहीबार मोरङको पथरीस्थित सिरिजङ्गा पार्कमा सम्पन्न प्रारम्भिक भेलाले कार्तिक २७ गते झापाको दमकस्थित किरात भवनमा भेला सम्पन्न गर्ने निर्णय गरेको हो । ससफो नेपाल लिम्बुवान प्रदेश समितिका युवा इन्चार्ज प्रेम वनेमको अगुवाईमा सम्पन्न भेलाले आवश्यक तयारीका लागि समाजवादी युवा फोरमका केन्द्रीय सदस्य एवम् लिम्बुवान प्रदेश समिति इन्चार्ज ताजुव लिम्बूले जानकारी दिनुभयो । yuwa-bhelaभेला सम्पन्न गर्ने बारे आवश्यक तयारीका विषयमा ससफो नेपाल केन्द्रीय सदस्य एवम् लिम्बुवान समितिका उपाध्यक्ष विश्वदीप लिङ्देन, केस एवम् लिम्बुवान प्रदेश समितिका मुख्य सचिव लोकसागर साम्बा, प्रदेश समिति सदस्य एवम् युवा सह–इन्चार्ज बिनोद नेम्बाङ, विद्यार्थी र प्रेस संयन्त्र इन्चार्ज कमन देवान, युवा केन्द्रीय सदस्य पाण्डवलाल चौधरी, ससफो नेपाल झापाका उप–सचिव सुशीलकुमार राईलगायतले बोलेका थिए ।
प्रारम्भिक भेलाले लिम्बुवानअन्तर्गत संखुवासभा, तेह्रथुम, धनकुटा, पान्थर, इलाम र ताप्लेजुङबाट प्रतिजिल्ला एक महिलासहित तीन जना प्रतिनिधि डाकिने र ठूलो जनसंख्या भएका झापा, मोरङ र सुनसरीबाट दुई महिलासहित पाँच जना प्रतिनिधि डाक्ने निर्णय गरेको समाजवादी युवा फोरमका केन्द्रीय सदस्य नितेश सिंगकले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...