समाजवादी युवाको प्रदेश भेला हुँदै - Naya Online

समाजवादी युवाको प्रदेश भेला हुँदै

पथरी, ११ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालअन्तर्गत समाजवादी युवा फोरमको लिम्बुवान प्रदेश समिति भेला कार्तिक २७ गते सम्पन्न हुने भएको छ ।
प्रदेश भेलाका लागि बिहीबार मोरङको पथरीस्थित सिरिजङ्गा पार्कमा सम्पन्न प्रारम्भिक भेलाले कार्तिक २७ गते झापाको दमकस्थित किरात भवनमा भेला सम्पन्न गर्ने निर्णय गरेको हो । ससफो नेपाल लिम्बुवान प्रदेश समितिका युवा इन्चार्ज प्रेम वनेमको अगुवाईमा सम्पन्न भेलाले आवश्यक तयारीका लागि समाजवादी युवा फोरमका केन्द्रीय सदस्य एवम् लिम्बुवान प्रदेश समिति इन्चार्ज ताजुव लिम्बूले जानकारी दिनुभयो । yuwa-bhelaभेला सम्पन्न गर्ने बारे आवश्यक तयारीका विषयमा ससफो नेपाल केन्द्रीय सदस्य एवम् लिम्बुवान समितिका उपाध्यक्ष विश्वदीप लिङ्देन, केस एवम् लिम्बुवान प्रदेश समितिका मुख्य सचिव लोकसागर साम्बा, प्रदेश समिति सदस्य एवम् युवा सह–इन्चार्ज बिनोद नेम्बाङ, विद्यार्थी र प्रेस संयन्त्र इन्चार्ज कमन देवान, युवा केन्द्रीय सदस्य पाण्डवलाल चौधरी, ससफो नेपाल झापाका उप–सचिव सुशीलकुमार राईलगायतले बोलेका थिए ।
प्रारम्भिक भेलाले लिम्बुवानअन्तर्गत संखुवासभा, तेह्रथुम, धनकुटा, पान्थर, इलाम र ताप्लेजुङबाट प्रतिजिल्ला एक महिलासहित तीन जना प्रतिनिधि डाकिने र ठूलो जनसंख्या भएका झापा, मोरङ र सुनसरीबाट दुई महिलासहित पाँच जना प्रतिनिधि डाक्ने निर्णय गरेको समाजवादी युवा फोरमका केन्द्रीय सदस्य नितेश सिंगकले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...